भर्जिनियामा प्रकाश सपुतको कार्यक्रम हुने

इनेप्लिज २०८० वैशाख १३ गते १०:४८ मा प्रकाशित

भर्जिनियामा प्रकाश सपुतको कार्यक्रम हुने भएको आयोजकले बताएका छन् । आगामी अप्रिल ३० आइतबारका दिन भर्जिनिया राज्यको प्रसिद्ध शहर मनाससमा कार्यक्रम हुने आयोजकका तर्फबाट आशिष संग्रौलाले ईनेप्लिजलाई बताए ।

द्रूत गतिमा टिकट धमाधम बिक्रि भै रहेकोले समयमा आफ्नो टिकट सुरक्षित गर्न संग्रौलाले यस क्षेत्रमा बसोबास गर्ने सबै नेपाली समुदायलाई आग्रह गरेका छन् ।

टिकट दर केवल २५ डलर राखिएको छ भने कार्यक्रम आइतबार साँझ ६ बजे सुरु हुने बताईएको छ । बिस्तृत जानकारी लिन आशिष संग्रौला तथा चन्द्र लामा संग सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया