एसीसी प्रिमियर कपमा आज यूएईले बहराइनको र ओमानले साउदीको सामना गर्ने

इनेप्लिज २०८० वैशाख १३ गते ८:०८ मा प्रकाशित

काठमाडौ, एसीसी प्रिमियर कपमा बुधबार दुईवटा खेल हुँदैछन् । समूह ए को ओमान र साउदी अरबबीच कीर्तिपुर मैदानमा खेल हुनेछ ।

यो खेलको विजेता सेमिफाइल पुग्नेछ । यो समूहबाट नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । नेपालले अझै एक खेल खेल्न बाँकी छ ।

ओमान र साउदीको भने यो अन्तिम खेल हो । अहिले ओमानको ४ र साउदीको तीन अंक छ ।

यस्तै समूह बी को यूएई र बहराइनबीच मुलपानी मैदानमा खेल हुनेछ । सेमिफाइनलको कुनै टुंगो नरहेको यो समूहमा आजको खेल महत्वपूर्ण छ ।

यो खेल गुमाए यूएईको सेमिफाइनल सपना समाप्त हुनेछ भने बहराइनले नेटरन रेट कुर्नुपर्नेछ । यो समूहमा हङकङ ५ अंकसहित शीर्ष स्थानमा छ ।

दोस्रो स्थानको यूएईको ४ अंक छ । यस्तै तेस्रो स्थानको कुवेतको पनि चार अंक छ । बहराइनको तीन अंक छ ।

प्रतिक्रिया