तालिबानले १३ जना अमेरिकी सेनालाई मार्ने बम विस्फोटका संदिग्ध मुख्य योजनाकार मारेको दाबि

इनेप्लिज २०८० वैशाख १२ गते २२:४८ मा प्रकाशित

तालिबानले १३ जना अमेरिकी सेनालाई मार्ने बम विस्फोटका संदिग्ध मुख्य योजनाकार मारेको अधिकारीहरूले बताएका छन् । तर एक अधिकारीका अनुसार अमेरिकाले तालिबानसँग समन्वय नगरेको बताए ।

पेन्टागनले काबुल विमानस्थल आक्रमणको दृश्य समेत सार्वजनिक गरेको छ । अगस्त २०२१ मा अफगानिस्तानको काबुलमा बम विष्फोट गराउने योजनाकार आतंकबादीले बम बिस्फोट गराउदा कम्तिमा १३ जना अमेरिकी सेनाका सदस्यहरू र कम्तीमा १७० अफगानीहरूलाई मारिएका थिए ।

हालैका हप्ताहरूमा तालिबान लडाकुहरूसंगको भिडन्तमा आतंकवादीले आफैले हत्या गरेको अमेरिकी अधिकारीहरूले एबीसी समाचारलाई बताए।

बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले मंगलबार इस्लामिक स्टेट समूहको अफगानिस्तान सम्बद्ध (आईएसआईएस-के ) का मृत नेतालाई आक्रमणको मुख्य योजनाकार भनेर वर्णन गरे।

सन् २०२१ देखि अफगानिस्तानको सरकारको नियन्त्रणमा रहेको तालिबानले आइएसआइएस-के को विरोध गर्दै आएको छ ।

वरिष्ठ प्रशासन अधिकारीका अनुसार आइएसआइएस-के ले अझै पनि आफ्नो हिंसात्मक कार्यको पहुँच विस्तार गर्न चाहान्छ तर अफगानिस्तान बाहिर ठूलो खतरा निम्त्याउन पर्याप्त बलियो न भै सकेको बताए ।

प्रतिक्रिया