पूर्ब राजदूत डा० अर्जुन कार्कीलाई वाशिंगटन डिसीमा
अमेरिका नेपाल सोशाईटीबाट स्वागत गरियो

इनेप्लिज २०८० वैशाख ५ गते १०:३९ मा प्रकाशित

ईनेप्लीज
१८ अप्रिल २०२३

नर्थ अमेरिका महादेशकै सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोशाईटी ( १९६७ ) ले अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कुमार कार्कीलाई वाशिंगटन डिसीमा स्वागत गरेको छ।

राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियाको आश्बर्न शहर स्थित हिमालयन वाईल्ड याकमा यही अप्रिल १६ आईतबारका दिन अमेरिका नेपाल सोशाईटीद्वारा आयोजित नयाँ बर्ष २०८० को शुभकामना आदान प्रदान समारोहमा अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्कीलाई स्वागत गरिएको हो। अन्तरास्ट्रिय मुद्रा कोष र बिश्वो बैंकको बार्षिक बैठकमा कार्यपत्र प्रस्तुत गर्न वाशिंगटन डिसी आएको डा० कार्कीले समारोहलाई जानाकारी गराए।

नर्थ अमेरिकाकै पहिलो संस्था अमेरिका नेपाल सोशाईटी ( १९६७ ) का अध्यक्ष सुरजित अर्याल , पूर्ब अध्यक्षहरु खेम भट्टचन ,प्रभा भट्टराई देउजा लगायतले नेपाली नयाँ बर्ष २०८० को शुभकामना मन्तब्य राख्दै पूर्ब राजदूत डा० कार्कीलाई वाशिंगटन डिसीमा स्वागत गरेका थिए।

चार बर्षे कार्यकालका लागी नियुक्त हुने नेपाली राजदूतहरु नेपालमा सरकार फेरिएपछी कोही त छ महिना मै नेपाल फिर्ता हुन्छन् तर चार बर्षे कार्यकाल भन्दा पनी बढ्ता अवधी छ छ बर्ष राजदुत पदमा बहाल रहेर डा० अर्जुन कार्कीले त पहिलो रेकर्ड नै राखेका थिए र साथै नेपाल सरकारको ईतिहांसमै पहिलोपटक मंत्री सरहको राजदूत पद खाएका भाग्यमानी राजदूत पनी हुन् डा० अर्जुन कुमार कार्की . डा० कार्की अप्रिल १९ बुधबार नेपाल फर्कंदै छन्।

प्रतिक्रिया