अप्रिल २३ मा हुने ANHS को साधारण सभाको तयारी पूरा

इनेप्लिज २०८० वैशाख ४ गते ३:०६ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्य स्थित मनासस शहरमा क्रियाशील नेपालीहरुको सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाजको अप्रिल २३, २०२३ आइतबारको दिन हुने बार्षिक साधारण सभाको तयारी पूरा भएको छ । सधारण सभाले सन् २०२३ देखि २०२५ सम्मको लागि नयाँ कार्यसमितिको समेत घोषणा गर्नेछ । हरेक २÷२ बर्षमा संस्थाले नयाँ कार्यसमिति चयन गर्ने गर्दछ । नयाँ कार्यसमिति चयन गर्नको लागि संस्थाका पूर्व अध्यक्ष एवं सल्लाकार कमला खरेलको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति निर्माण गरिएको थियो । समितिका सदस्यहरुमा सल्लाहकार शिव लामिछाने तथा सल्लाहकार मञ्जु थापा रहनुभएको छ । निर्वाचन समितिले संस्थाको विधान बमोजिम संस्थाका सदस्यहरुको नाम अद्यावधिक गर्नुका साथै आफ्नो सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।
संस्थाका अध्यक्ष कमल भट्टराईले साधारण सभामा सकृय सहभागी हुन सबै साधारण सदस्य एवं आजिवन सदस्यहरु लगायत यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई अनुरोध गरिएको बताउनुभएको छ । साधारणसभा भर्जिनियाको मनासस सहर स्थित Wyndham Garden Inn.

10800 Vandor Ln. Manassas VA 20109 मा अप्रिल २३, आइतबारको दिन दिउसो ३ बजेदेखि हुनेछ ।
सन् २००८ मा स्थापना भएको यो संस्थाले यस क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्नुका साथै नेपाली भाषा, कला, सँस्कृति र परम्पराको बारेमा साना तथा ठूला कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
अमेरिकामा जन्मिएका नेपाली मूलका बालबालिकाहरुलाई नेपाली भाषा, कला, सँस्कृति, परम्परा तथा नेपाली चाडपर्वको बारेमा जानकारी दिनको लागि सन् २०१६ देखि नेपाली पाठशाला (अमेरिका नेपाल शिक्षा सदन) सञ्चालन गरि पठनपाठन समेत गराउँदै आएको छ । शिक्षा सदनले निर्माण गरेको आफ्नै पाठ्यक्रमअनुसार अमेरिका लगायत विश्वका अन्य मुलुकहरुमा समेत पठनपाठन हुँदै आएको छ । शिक्षा सदनमा अमेरिकाका विभिन्न राज्यहरु लगायत क्यानडाबाट समेत नेपाली मूलका बालबालिकाहरुले नेपाली भाषा र कला सम्बन्धी अध्ययन गरिरहेका छन् ।

बार्षिक साधारण सभा हुने मिति, स्थान र समय तल प्रस्तुत गरिएको छ ।
मिति : अप्रिल २३, २०२३ आइतबार ।
स्थान : Wyndham Garden Inn.

10800 Vandor Ln. Manassas VA 20109

समय : दिउसो ठिक ३:०० बजेदेखि

–विष्णु न्यौपाने
मिडया को–अर्डिनेटर
अमेरिका नेपाल सहयोगी समाज

प्रतिक्रिया