भर्जिनियाको जेम्स म्याडिसन विश्वविद्यालय नजिकै एक भोजमा गोलाबारी हुँदा २ जनाको मृत्यु ,मृत्यु हुने बिश्वबिद्यालयका बिद्यार्थी परेनन्

इनेप्लिज २०८० वैशाख ३ गते १:४२ मा प्रकाशित

भर्जिनियाको जेम्स म्याडिसन विश्वविद्यालय नजिकै एक भोजमा गोलाबारी हुँदा २ जनाको मृत्यु भएको छ । मृतकहरू कोही पनि विश्वविद्यालयका विद्यार्थी नभएको एबिसी समाचारले उल्लेख गरेको छ ।

भर्जिनियाको रकिङ्घम काउन्टीको जेम्स म्याडिसन विश्वविद्यालय नजिकैको हाता भित्रको घरमा भएको भोजमा दुई पुरुषलाई गोली हानी हत्या गरिएको प्रहरीले बताए ।

रकिङ्घम काउन्टी शेरिफको विभागले शनिबार मध्यरातमा गोली चलेको खबर प्राप्त गरे पछि प्रहरीहरु त्यहा पुगेका थिए । घटनास्थलमा आइपुगे पछि प्रहरीले त्यहाँ भोज भएको र दुई पुरुषलाई गोली लागेको पत्ता लगाएका थिए ।

दुबै व्यक्तिहरूलाई निवासमा मृत घोषित गरिएको भर्जिनिया राज्य प्रहरी तथा जेएमयू प्रहरीले जनाए । मृत्यु हुनेहरुमा २२ वर्षीय डिएन्ग्लियो मार्कुइस ग्रेसी र १७ वर्षीय अज्ञात पुरुष रहेको प्रहरीले जनाएको छ । उनीहरु दुवै बिश्वबिद्यालयका बिधार्थीहरु नभएको पुष्टि भएको छ ।

हाल सम्म कुनै पनि संदिग्धहरूलाई हिरासतमा लिईएको छैन । जेएमयूका एक प्रतिनिधिले एबीसी समाचारलाई गोलीबारी भएको घर जेएमयूको स्वामित्वमा नभएको बताए।

प्रतिक्रिया