रास्वपा सांसद ढाकाकुमार श्रेष्ठकाे साधारण सदस्यता समेत खारेज

इनेप्लिज २०७९ चैत २९ गते २१:३९ मा प्रकाशित

काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधरण सदस्य र सांसद पदबाट हटाएकाे छ।

रास्वपा केन्द्रीय समितिकाे बैठकले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई कराेडकाे लेनदेन प्रकरणलाई मुछिएसँगै श्रेष्ठलाई पार्टीबाट निस्काशित गरेकाे हाे। उनकाे ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएकाे छ।

बुधबार लेनदेन प्रकणमा मुछिएका श्रेष्ठले आफू माथि लागेकाे आराेप गलत भएकाे बताउँदै आफूलाई बचाउ गरेका थिए।

प्रतिक्रिया