टेस्लाले चीनमा बृहत कारखाना खोल्ने घोषणा

इनेप्लिज २०७९ चैत २७ गते २:१३ मा प्रकाशित

टेस्लाले शंघाईमा बृहत कारखाना (मेगाफ्याक्ट्री) खोल्ने आइतबार ट्विटर मार्फत घोषणा गरेको छ ।

कारखानाले प्रति वर्ष १०,००० उत्पादन गर्न सक्षम हुनेछ । सँस्था (कम्पनी)ले चीनमा भएको हस्ताक्षर समारोहको तस्वीरसहित नयाँ कारखानाको घोषणा गरेको छ ।

“टेस्लाले क्यालिफोर्नियामा मेगाप्याक फ्याक्ट्री(बृहत समूह कारखाना )को उत्पादनको पूर्ति गर्न सँघाईमा बृहत समूह कारखाना(मेगाप्याक )कारखाना खोल्दै छ,” भनि एलोन मस्कले ट्विटरमा प्रकाशित गरेका छन् ।

चिनियाँ सरकारी संचार माध्यम सिन्हुआले सबै भन्दा पहिला समाचार प्रकाशित गरेको थियो । बिधुतिय सवारी साधन निर्माण गर्ने ( इलेक्ट्रिक अटोमेकर)ले यस वर्षको तेस्रो त्रैमासिकमा आधार खोल्ने र २०२४ को दोस्रो त्रैमासिकमा उत्पादन सुरु गर्ने बताएको छ।

टेस्लाले ल्याथ्रोप क्यालिफोर्नियामा बृहतकारखाना (मेगाफ्याक्ट्री )सञ्चालन गरि रहेको छ भने जसले हरेक वर्ष १०,००० मेगाप्याक(बृहत समूह) एकाइहरू उत्पादन गर्न सक्षम रहेको छ भनि सिएनएनले जनाएको छ ।

प्रतिक्रिया