पोप फ्रान्सिसद्वारा इस्टर सन्देशमा युक्रेन-रुस शान्ति र मध्य पूर्व द्वन्द्व अन्त्य गर्न आह्वान

इनेप्लिज २०७९ चैत २७ गते १:०६ मा प्रकाशित

पोप फ्रान्सिसले इस्टर पर्वको अवसरमा युक्रेन-रुस शान्ति र मध्य पूर्व द्वन्द्व अन्त्य गर्न आह्वान गरेका छन ।

पोप फ्रान्सिसले इस्टर पर्वको अवसरमा आइतवार युद्धरत राष्ट्रहरू र विश्वभरका शरणार्थीहरू, निर्वासितहरू र राजनीतिक बन्दीहरूलाई सान्त्वना दिँदै शान्तिलाई प्रोत्साहित गर्ने सन्देश दिएका छन् ।

ब्रोन्काइटिस( श्वासनलि समस्या )बाट निको भएका ८६ वर्षीय प्रधान पादरीले पहिलो पटक सेन्ट पिटर बासिलिकामा सामूहिक उत्सव मनाए र १ लाख भन्दा बढी मानिसहरूको भीडलाई अभिवादन गरे।

फ्रान्सिसले युक्रेनी जनता” को लागि शान्तिको लागि प्रार्थना गरे । इस्टर विश्वभरि क्याथोलिक र ईसाई धर्मको उच्च पर्व हो,।

प्रतिक्रिया