न्यूयोर्कमा ८३ वर्षीय पुरुष ब्रुकलिनको एक आवास गृहभित्र मृत अवस्थामा फेला ,संदिग्धको व्यापक खोजी

इनेप्लिज २०७९ चैत २६ गते ४:३२ मा प्रकाशित

अमेरिकाको न्यूयोर्कमा ८३ वर्षीय पुरुष ब्रुकलिनको एक आवास गृह भित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएका छन् । एबिसी७ समाचारका अनुसार संदिग्धको व्यापक खोजी भै रहेको जनाएको छ ।

ती व्यक्ति बोरम हिलको नेभिन्स मार्गमा रहेको आवासगृह(अपार्टमेन्ट )भवनभित्र फेला परेका थिए। ८३ वर्षीय पुरुषलाई हत्या गर्ने व्यक्तिको खोजी भइरहेको छ भने सोही क्षेत्रमा एउटी महिलालाई पनि आक्रमण गरेको हुन सक्छ भनि प्रहरीले जनाएका छन् ।

ती व्यक्ति शनिबार दिउँसो १:३० बजे फेला परेका थिए। प्रहरीले उक्त व्यक्तिको परिचय खुलाएको छैन तर छिमेकीहरूले उनलाई राम्ररी चिनेको बताएका छन्।

प्रहरीहरुले एक कालो रङ्गको टाउको छोप्ने लुगा (हुडी) र टोपी लगाएको व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । निगरानी चित्रग्राहिणी अनुसार ठीक माथिको आवास गृह भवनमा एक घण्टा भन्दा कम समय अघि सीढीमा उक्त व्यक्ति देखा परेका थिए । त्यहाँ ३१ वर्षीया महिलाको तिघ्रामा चोट लागेको प्रहरीले जनाएको छ ।

३१ वर्षीया महिलालाई मेथोडिस्ट अस्पताल लगिएको थियो भने उनि खतरामुक्त रहेकी छिन ।

प्रतिक्रिया