अमेरिकी आक्रमणमा सिरियामा ‘आइएसआईएस’का वरिष्ठ नेता मारिए

इनेप्लिज २०७९ चैत २१ गते १४:३३ मा प्रकाशित

अमेरिकी आक्रमणमा सिरियामा ‘आइएसआईएस’का वरिष्ठ नेता मारिएका छन् । अमेरिका सेनाका अनुसार मारिएका नेता खालिद ‘अयद अहमद अल–जबौरी’ भएको एबिसी न्यूजले समाचार लेखेको छ ।

अमेरिकी सेनाले उत्तरपश्चिम सिरियामा गत सोमबार गरेको आक्रमणमा “आईएसआईएसका एक वरिष्ठ नेता” मारिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले जनाएको छ।

सेनाका अनुसार जबौरी जसले युरोप र टर्कीमा आक्रमणको योजना बनाउन र आईएसआईएसको नेतृत्व सञ्जाल विकास गर्न जिम्मेवार रहेको बताएको छ।

“खालिद ‘अयद अहमद अल-जबौरीको मृत्युले संगठनको बाह्य आक्रमणको योजना बनाउने क्षमतालाई अस्थायी रूपमा बाधा पुर्‍याउनेछ,” सेन्टकमबाट जारी विज्ञप्तिमा भनिएको छ।

तर आइएसआईएस ले अझै पनि गम्भीर खतरा खडा गरेको सेन्टकमका सेनापति एरिक कुरिल्लाले बताए ।

यस क्षेत्रमा आईएसआईएसलाई परास्त गर्ने प्रयासको एक भागको रूपमा अमेरिकाले सिरियामा करिब ९०० सैनिकहरू राखेको छ। हालैका वर्षहरूमा अमेरिकी सेनाले देशमा धेरै आईएसआईएस नेताहरूलाई मारेको वा कब्जा गरेको छ।

फेब्रुअरीको सुरुमा उत्तरपूर्वी सिरियामा एक साहसी भूमि आक्रमणमा हाजी अब्दुल्लाह मारिएका थिए ।

प्रतिक्रिया