रक्की माउन्टेन फ्रेन्डस अफ नेपालको निर्वाचन सम्पन्न ,सबै पदाधिकारी निर्विरोध निर्वाचित

नातिबाबु भट्ट २०७९ चैत २१ गते १०:३० मा प्रकाशित

नातिबाबु भट्ट
कोलोराडो अमेरीका
अप्रील ३, २०२३

कोलोराडोको सबै भन्दा पुरानो नेपाली भाषीहरुको सामाजिक संस्था रक्की माउन्टेन फ्रेन्ड अफ नेपालको हालै सम्पन्न नयां कार्य समितीको निर्वाचनमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

यसरी निर्विरोध निर्वाचित हुने पदाधिकारीहरूमा अध्यक्ष, महासचिव, कोषाध्यक्षमा क्रमश अर्जुन बगाले, आकृती राइ अधिकारी र नुरहरी पोख्रेल रहेका छन् । त्यसैगरी अन्य पदाधिकारीहरूमा पब्लिक रिलेशन अफिसरमा तेजप्रसाद ढकाल, टेक्निकल अफिशरमा प्रकाश घतानी, महिला कोर्डिनेटरमा शुनिता अधिकारी चयन भएका छन् । यसैगरी संस्थाको बोर्डअफ डिरेक्टरहरुमा क्रमश रैवतराज पौडेल, यसोदा भट्ट, मिलन कोइराला, नरेश बिक र देव अधिकारी चयन भएका निर्वाचन समितीले जनाएको छ । त्यस्तै, कसैको पनि उमेद्वरी नपरेको उपाध्यक्ष, कल्चर सेक्रेटरी भने नया कार्यसमितीको पदाधिकारीको बैठकले चयन गर्ने अध्यक्ष टिका पौडेलले बताएका छन् ।

संस्थाको विधान अनुसार पदाधिकारीमा एक जना भन्दा बढिको उमेद्वारी परेमा मतदान गरेर छनोट गर्नु पर्ने हुन्थ्यो तर सबै पदहरूमा एक एक जनाको मात्र उमेद्वारी परेकोले सबै पदाधिकारी निर्विरोध चयन भएको समितीले जनाएको हो ।

संस्थाको निर्वाचन सम्पन्न गर्न कार्यसमितिको बैठकले डा शारदा काफ्ले त्रिपाठीको संयोजकत्वमा कुमारजंग कार्कि र अन्जुली शर्मा सदस्य रहेको तिन सदस्सीय निर्वाचन समिती गठन गरेको थियो । सोही समितीले निर्वाचन प्रकृया सम्पन्न गरेको हो ।

वर्तमान कार्यसमितीको कार्यकाल आगामी अप्रिल १४ नेपाली नया बर्षका दिन सकिने र अप्रिल १५ तारीक दिउसो ४ बजे देखी ५ बजे सम्म आयोजना गरीने साधारण सभामा नयां कार्यसमितीलाइ कार्यभार हस्तान्तरण गरिने अध्यक्ष पौडेलले बताएका छन् । त्यसैगरी नेपाली नयां बर्ष २०८० को उपलक्ष्यमा सोही १५ तारिक साझ ५ बजेदेखी शुभकामना सांस्कृतीक सांझ कार्यक्रम र १६ तारिक दिउसो १२ बजे देखी ३ बजे सम्म बोल्डरमा अयोजना हुने नेपाली परेडमा सहभागी भइ कार्यक्रमलाइ भब्य र सब्य तरिकाबाट सफल बनाउन सहयोग गरिदिनु हुन पौडेले सबैलाइ अनुरोध गरेका छन् ।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया