न्यूयोर्कबाट नेपाल जाने नेपाली समुदायका लागि उडान सम्बन्धि विशेष भाडा दर

इनेप्लिज २०७९ चैत १८ गते १८:१६ मा प्रकाशित

न्यूयोर्कबाट नेपाल जाने नेपाली समुदायका लागि उडान सम्बन्धि विशेष भाडा दर आएको छ । जुन -जुलाई -अगस्तमा नेपाली समुदायका परिवारहरु बच्चाहरुको बिदा महिनाको लामो छुट्टीमा मातृभूमि नेपाल जाने चलन भएको हुनाले त्यो समयमा कम्तिमा कुनै बिमान सेवाको भाडा दर १,९०० डलर भन्दा ज्यादा छ भने कुवेत बिमानसेवाको त्यो समयमा १,३३६ देखि १,८५० डलर भित्रमा नेपाल उडान गर्न सकिने भएको छ ।

तर धेरै जसो मानिसहरुको भाडा दर सरदारमा १५,०० डलर पर्दछ । अगस्त १ देखि पछाडी न्यूयोर्कबाट नेपाल प्रस्तान गर्ने हो भने १,१५० देखि १,५०० डलर सम्म भाडा पर्नेछ ।

अप्रिल १ भन्दा एक हप्ता अगाडी सम्म दुई किसिमको भाडा दर रहेको थियो भने जसमा अलिक न्यून भाडा दरमा एउटा मात्र सामान (सुटकेस )चेक इन लगेज गरिएको थियो भने मार्च ३१ देखि न्युन भाडा दरमा पनि दुईवटा सामान (चेक इन )लैजान पाइने भएको छ ।

जेन ट्राभल्सले आफ्नो समुदायको अनुरोधमा कुवेत बिमान सेवालाई गरेको अनुरोधमा कुवेत सेवा दुई वटा सामान (सुटकेस)लैजान आज अप्रिल १ ,२०२३ देखि काटिएको टिकटमा त्यो सुविधा दिने भएको जनाएको छ ।

बिमान अरु दिन उडे पनि न्यूयोर्कबाट नेपाल जाने बिमानसेवाहरु सधै उडान गरेको देखिदैन । नेपालबाट उडदा अन्य दिन भन्दा हप्तामा दुई दिन अन्य दिनको तुलनामा उडान सम्पर्क (कनेक्सन ) राम्रो भएको हुनाले सिटहरु सीमित भएकोले पर्खनु भन्दा अहिले नै टिकट लिंदा राम्रो हुनेछ । आउदो दशैँमा नेपाल जाने हो भने सस्तो भएको कुवेत बिमानबाट यही समयमा टिकट लिन नेपाली समुदायलाई जेन ट्राभल्सलाई सुझाव दिएको छ ।

कुवेत विमानस्थल सानो भएको कारण एक घण्टा भित्र नै बिमानमा पुग्न सकिने छ । कुवेत बिमानले नेपाल जाँदा आउँदा ८ घण्टा भन्दा ज्यादा ट्रान्जिट (पारवहन )भएमा बिमानसेवाले नै यात्रीहरुलाई बस्ने सुविधाको व्यवस्था समेत गर्नेछ ।

जेन ट्राभल्स न्यूयोर्क : 347 305 8700

प्रतिक्रिया