पत्रकार महासङ्घ स्थापना दिवस–‘षष्टिका बस्नेत सूचना हक अधिकार’ पुरस्कार वितरण

इनेप्लिज २०७९ चैत १६ गते ११:०३ मा प्रकाशित

विराटनगर,१६ चैत । नेपाल पत्रकार महासङ्घको ६८ औं स्थापना दिवसको उपलक्ष्यमा सूचना अधिकारको क्षेत्रमा कार्य गर्ने दुई जना अभियन्तालाई आज यहाँ पुरस्कृत गरिएको छ।

विराटनगर–११ निवासी केदारबहादुर बस्नेतले आफ्नी स्व. श्रीमती षष्टिका बस्नेतको स्मृतिमा रु सात लाख अक्षय कोष तथा महासङ्घ मोरङद्वारा संयुक्त रुपमा स्थापित षष्टिका बस्नेत सूचनाको अधिकार– २०७९ वाट राष्ट्रिय सूचना अभियन्ता काशीराज दाहाल र कोशी प्रदेश अभियन्ता रोशनहरि अधिकारीलाइ प्रदान गरियो ।

राष्ट्रिय अभियन्ताको पुरस्कार नगद रु ५० हजार ५१ र कोशी प्रदेश अभियन्ता रु १५ हजार ५१ का साथै प्रमाणपत्र रहेको छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले पुरस्कार वितरण गर्दै सञ्चारकर्मीहरुले जनतालाई सत्यतथ्यको आधारमा सूचना प्रभाव गरी राष्ट्रिय एकता एवं सामाजिक सद्भावनालाई वलियो पुर्याउने कार्य गर्न आग्रह गर्नुभयो ।

उहाँले सङ्घीयता, गणतन्त्र, लोकतन्त्रलाई बलियो एवं सुदृढ बनाउन र जनताको घरदैलो एवं हरेक नागरिकलाई सचेत गराउनका निम्ति पत्रकारको भूमिका महत्वपूर्ण हुने विचार राख्नु भयो ।

प्रदेश प्रमुख खापुङ्गले पत्रकारितासङ्घ सूचनाको हक अन्यौन्याश्रित सम्बन्ध गाँसिएको हुन्छ भन्दै सूचनाको हकलाई प्रभावकारीरुपमा प्रयोग गरी मुलुक, नागरिक र समाजलाई समृद्ध बनाउन सञ्चारकर्मीहरुलाग्नु पर्नेमा जोड दिनु भयो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ्गले मुलुकलाई पारदर्शी, सुशासन कायम गर्न सूचना हक अधिकारको प्रयोग प्रभावकारी रहेको बताउनु भयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरको कामकारवाहीप्रति स्वस्थ आलोचनाको स्वागत गर्ने बताउँदै नागरिकहरुलाई सही सूचना उपलव्ध गराउन सूचना अधिकारीको नियुक्त्ति गरेको जानकारी दिनु भयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सार्वजनिक क्षेत्रमा हुने अनियमता र भ्रष्ट्राचारका बारेमा जानकारी दिन आग्र्रह गर्दै जिल्लाका कार्यालयहरुमा कानूनले दिन मिल्ने सूचना नागरिक उपलव्ध गराउन प्रमुखहरुलाई निर्देशन दिएको बताउनु भयो ।

पुरस्कृत व्यक्तित्व कोशीराज दाहालले सूचनाको हकलाई अझ सवल बनाउने कार्यमा प्रतिवद्धता व्यक्त्त गर्दै राज्यले पत्रकार सुरक्षा एवं सहयोगीको भावना राख्नु पर्ने धारणा राख्नु भयो ।

महासङ्घ मोरङ अध्यक्ष सन्जीव खनाल, उपाध्यक्ष तारा आचार्य, गोपाल पोखरेल, अनिल श्रेष्ठ,प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुईटेल,प्रेस संगठनका प्रदेश अध्यक्ष बन्धु पोखरेल, प्रेस सेन्टरका प्रदेश अध्यक्ष विनोद घिमिरे, नेपाल प्रेस यूनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदित र अक्षयकोष संस्थापक बस्नेतले जनताको अधिकार स्थापित एवं मुलुकमा सुशासन कायम गर्न नागरिकको सूचनाको हकमा सहज पहुँच हुनु पर्ने सुझाव दिनु भयो ।

प्रतिक्रिया