डिसी क्षेत्रमा परिजिता बास्तोला तथा हेमन्त राना लगायतको बेजोड प्रस्तुति हुने

इनेप्लिज २०७९ चैत १६ गते ०:५३ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा परिजिता बास्तोला तथा हेमन्त राना लगायतको बेजोड प्रस्तुति हुने भएको छ ।

नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)को आयोजनामा नेपाली नयाँ बर्ष २०८० को उपलक्ष्यमा अप्रिल ८ ,२०२३ का दिन भर्जिनियामा भ्वाईसकी परिजिता बास्तोला ,सुन साइलीका प्रख्यात गायक हेमन्त राना , छेक्यो छेक्यो देउराली डाडाका गायक रबिन श्रेष्ठ लगायतको बृहत सांगीतिक कार्यक्रम हुने भएको छ ।

साथै लोक गायक मिलन लामा तथा स्थानीय प्रतिभाशाली उदाउदो कलाकार राकेश पाख्रिन लगायत एन्जल्स ब्याण्डको समेत उक्त सांगीतिक कार्यक्रममा प्रस्तुति हुनेछ।

भर्जिनिया राज्यको प्रख्यात शहर मनाससको हिल्टन पर्फरमिङ्ग आर्ट सेन्टर (अर्थात् प्रस्तुति कला केन्द्र)मा कार्यक्रम शनिबार हुनेछ ।

टिकट दर ५० डलर र ३० डलर राखिएको छ । कार्यक्रममा नेपाली खाद्य पदार्थ बिक्रेता (फुड भेन्डर) तथा टिकटको लागि निम्न व्यक्तिहरुसँग क्रमस चन्द्र लामा -7038629802 ,आशिष संग्रौला -2027021642 ,तोया पौडेल -9136366924 तथा प्रेम पौडेल ५७१२७७५११५ लाई बिस्तृत जानकारी लिन सकिने छ ।

आयोजकले यस क्षेत्रमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली समुदायलाई सहभागिताको लागि अनुरोध गरेका छन् ।

आफू र आफ्ना परिवारहरु सहित सहभागिता जनाउन बिशेष अनुरोध गर्दै भ्वाईसकी नेपाली छोरी परिजिता बास्तोला ,सुन साइली जस्ता कालजयी गीत प्रस्तुत गर्ने हेमन्त राना र नेपथ्यका त्यो समयको छेक्यो छेक्यो जस्ता अत्यधिक चर्चित गीतहरु समेत सुन्न पाइने भएकोले सहभागिताको लागि न्याक आयोजक समितिले सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया