टेक्ससबाट ब्राजिलको लागि उडेको बिमान आकस्मिक रुपमा ह्युसटन अवतरण

इनेप्लिज २०७९ चैत १५ गते २२:१३ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको ह्युसटनबाट ब्राजिलको लागि उडेको अमेरिकी युनाइटेड बिमान सेवा आकस्मिक रुपमा ह्युसटन अवतरण गरेको छ ।

ह्युस्टनबाट रियो दि जेनेरियोका लागि उडेको युनाइटेड एयरलाइन्स(बिमान सेवा)को विमान उडेको केही समयपछि बुस अन्तरमहादेशीय विमानस्थल (इन्टरकन्टिनेन्टल एयरपोर्ट)मा आकस्मिक अवतरणका लागि फर्किएको एबिसीन्यूजले जनाएको छ ।

बिमानसेवाका प्रमुख कार्यकारी अधिकारि (एयरलाइन्सका सीओओ)ले हवाई यातायात नियन्त्रण केन्द्र एयरहरूमा कर्मचारीहरूको समस्यामा एफएएलाई दोष दिएपछि संघीय उड्डयन प्रशासनले जवाफ फर्काएको छ ।

युनाइटेड एयरलाइन्स(बिमानसेवा )को एक विज्ञप्ति अनुसार उडान १२९ को यान्त्रिक समस्याको कारणले मंगलबार राती विमानस्थलमा फर्किएको जनाएको छ । बिमान सेवाले समस्याको प्रकृति वर्णन नगरेको एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।

विमान सकुशल अवतरण भएको, यात्रुहरु ओर्लिएको र बिमान सेवाले उनीहरुलाई गन्तव्यमा पुर्‍याउने व्यवस्था गरेको बिमानसेवाले बताएको छ ।

विमान रियो दि जेनेरियोको लागि उडान बोइङ ७६७ थियो । ह्युस्टनबाट ८:५२ राती प्रस्थान गरेको बिमान१०:५० मा फर्किएको थियो ।

प्रतिक्रिया