राष्ट्रपति बाइडेनद्वारा राष्ट्रको सर्वोच्च नागरिक सम्मान अल गोर, न्यान्सी पेलोसी ,मिशेल योह लगायतलाई प्रदान

इनेप्लिज २०८१ वैशाख २२ गते ९:४९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत शुक्रबार १९ अमेरिकीहरुलाई राष्ट्रको सर्वोच्च नागरिक सम्मान प्रेसिडेन्सियल मेडल अफ फ्रिडम(राष्ट्रपतीय स्वतन्त्रता पदक) बाट सम्मानित गरेका छन् ।

राष्ट्रपति बाइडेनले पूर्व सभामुख न्यान्सी पेलोसी ,जिम क्लाइबर्न ,ओपल ली ,जुडी शेफर्ड जस्ता कार्यकर्ताहरूका साथै ओलम्पिक पौडीबाज बिजेता केटी लेडेकी र ओस्कार विजेता अभिनेत्री मिशेल योह सम्मलाई एक समारोह बीच सम्मान गर्दै पदक प्रदान गरे ।

बाइडेनले व्हाइट हाउसको पूर्वीय कक्षमा आयोजित समारोहमा सबैलाई सम्मान गरेका हुन् ।

बाइडेनले पुरस्कृत व्यक्तिहरूको चर्चाको साथै उपलब्धिहरूको बारेमा बोलेका थिए । केही राजनीति बिषयमा पनि हल्का छोए । बाइडेनको राष्ट्रपतीय कालको पहिलो तीन वर्ष भूमिका निर्वाह गर्ने पूर्व महिला सभामुख पेलोसीको बारेमा टिप्पणी गर्दै बाइडेनले जनवरी ६ , २०२१ मा संसद( क्यापिटल)मा आक्रमणको समयमा उनको क्षमता र उनको नेतृत्वको प्रशंसा गरे।

बाइडेनले १० वटा ओलम्पिक पदक जितेकी लेडेकीले २७ वर्षको उमेरमा आगामी पेरिस खेलहरूमा प्रतिस्पर्धा गर्ने बताए ।

उनले आफ्नो २०२० डेमोक्रेटिक प्राथमिक प्रतिद्वन्द्वी मध्ये एक न्यू योर्क शहरका पूर्व नगर प्रमुख माइकल ब्लूमबर्गलाई पनि सम्मान गरे । उनले ब्लूमबर्गलाई बन्दुक हिंसा र जलवायु परिवर्तनमा काम गरेको र सेप्टेम्बर ११ ,२००१ को आतंकवादी हमला पछि पुनर्निर्माणमा मद्दत गरेकोमा पदक प्रदान गरे ।

शुक्रबार सम्मानित हुनेहरुमा अर्का राजनीतिक व्यक्तित्व अल गोर थिए ,जसले पूर्व राष्ट्रपति बिल क्लिन्टनको नेतृत्वमा उपराष्ट्रपतिको रूपमा सेवा गरेका थिए ।

प्रतिक्रिया