बाहा क्यालिफोर्नियामा गत साता बेपत्ता भएका दुई अस्ट्रेलियाली र एक अमेरिकी सहित ३ जनाको शव फेला

इनेप्लिज २०८१ वैशाख २२ गते १०:३६ मा प्रकाशित

मेक्सिकोका अधिकारीहरूले बेपत्ताको खोजीका क्रममा बाहा क्यालिफोर्नियामा गत साता बेपत्ता भएका दुई अस्ट्रेलियाली र एक अमेरिकी सहित ३ जनाको शव फेला पारेको बताएका छन् ।

मेक्सिकोका अधिकारीहरूले शुक्रबार बाहा क्यालिफोर्नियाको एउटा क्षेत्रमा तीनवटा शव फेला परेको जनाए । जहाँ दुई अस्ट्रेलियाली र एक अमेरिकी गत साताको अन्त्यमा शिविर र सर्फिङ(समुन्द्री लहरमा खेलिने खेल) यात्राको क्रममा हराएका थिए।

सरकारी वकिलको कार्यालयले ती शव तीनै विदेशीको हो वा नभएको बताएको छैन । तर बेपत्ताको खोजीका क्रममा शव फेला परेको जनाएको छ । बेपत्ता भएको घटनामा सोधपुछ भइरहेका तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको पनि जानकारी दिइएको छ ।

“तीनवटा शव एन्सेनाडा शहरको दक्षिणमा फेला परेका थिए ,उनीहरूलाई विशेष कारवाहीको क्रममा अन्य अधिकारीहरूसँगको समन्वयमा बरामद गरिएको थियो । साथै तिनीहरू कठिन पहुँचको क्षेत्रमा फेला परेका थिए,” कार्यालयको एक विज्ञप्तिमा जनाएको छ ।

“यो दुई अस्ट्रेलियाली र एक अमेरिकी बेपत्ता भएको सूचना खोजीको भागको रूपमा गरिएको थियो,” कार्यालयले जनाएको छ ।

सान्तो टोमासको उप्नगर नजिकै शवहरू फेला परेको ठाउँ दुर्गम समुद्रीतट क्षेत्रको नजिक थियो जहाँ हराएका पुरुषहरूको त्रिपाल र मालबाहक गाडी गत बिहिबार तटको दुर्गम भागमा फेला परेको थियो।

परिवारका सदस्यहरूले दिएको जानकारी अनुसार अस्ट्रेलियाका जेक र क्यालम रोबिन्सन र अमेरिकी ज्याक कार्टर रोड पुरुषहरू गत शनिबार देखि बेपत्ता भएका थिए।

गत बुधबार बेपत्ता भएका अष्ट्रेलियाली आमा डेब्रा रोबिन्सनले स्थानीय समुदाय सामाजिक संजालमाआफ्ना छोराहरूलाई खोज्न मद्दतको लागि अपील गरेकी थिइन् ।

प्रतिक्रिया