दम्पती जस्ता सुकै हुन सन्तान यस्तै‌ जन्मिउन -सत्य कथा

इनेप्लिज २०७९ चैत १४ गते २२:५२ मा प्रकाशित

अर्जुन राज पन्त, टेक्सास अमेरिका

कुरा करिब १ दशक अघीको हो। म भर्खर नेपाल देखि अमेरिका आएर एउटा ठूलो अपार्टमेन्ट कम्प्लेक्समा भाँडामा बस्थे। केहि आप्रवासी मुलका हामी जस्तै परिवार थिए भने अधिकांश यतैकाका काला र गोरा जातिका मानिसहरू बस्थे। भर्खर नेपालबाट आएको म अझै त छिटाे छिटो बाेले भने बिशेष गरि एक थरि मान्छे बाेलेकाे केहीपनि बुझ्दैन थिए ।

त्यतिखेर ती बाेलेका हुन कि भैँसि कराएको हो एउटै‌ लाग्थ्यो ।

खै के बिषयमा बिबाद भए छ‌ कुन्नि कङ्ल्याङ मङल्याङ गर्दै छेउकै अपार्टमेन्टका दम्पती एक आपसमा बाझाबाझ गर्दै‌ ढोका बाहिर निस्किए । हुन त कसैको ब्यक्तिगत पारिवारिक झगडालाइ निशुल्क मनोरञ्जन ठानेर त्यसैलाइ रमाइलो ठान्दै गाँडाघेर लाउने नेपाली सँस्कृतीमा हुर्किएको भए पनि उमेर बढे सङ्गै अर्काको पारिवारिक र ब्यक्तिगत झगडामा चासो राख्न छाडी सकेको थिए भने अर्को तर्फ आफ्नोे ज्यानको पनि सबाल थियो । नेपालमै रहदा थाहा पाएको थिएँ अमेरिकामा साना तिना बिबादमा पनि गोली हानाहान हुन्छ भन्ने।

बरन्डामा बसेको म झगडा देखेको नदेखे झैँ गरि भित्र पसे। एकातर्फ यहाँका मान्छे कसरि झगडा गर्दा रहेछन् ,कस्ता गालि गर्दा रहेछन् त्यो जान्ने कौतुहलता त थियो नै अर्को तर्फ यहाँका मान्छे बोलेको जसरि पनि बुझ्नु पर्ने नै थियो नत्र मेरो चुल्हो बल्दैन थियो । थोरै झ्याल खोले र चियाउन थाले । साधारण तरिकाले बिस्तारै बोल्दा त तिनिहरुले बोलेको एक चौथाइ मात्र बुझ्ने मैले यसरी एति छिटो बोल्दै बजाबाज गरेको बिषय र बाक्य केहि पनि बुझिन। यत्तिकैमा तिनिहरुका यस्तै ८ र १० बर्ष जतिका देखिने दुई छोरीहरु निस्के र भने :स्टाआआ…प इट यु गाइज निड टु बि सेपरेटेड

छोरीहरुले एति भने पछि दुबै चुप लागे , लोग्ने बाहिर‌ निस्कियो स्वास्नि बच्चा लिएर भित्र गइ। त्यसपछि न त्यो दिन देखि अरु झगडा सुनियो न त ति दम्पतीलाइ सङ्गै देखियो । लोग्ने कहिले काँही आउथ्यो बच्चा छाडेर बाहिरै‌ बाट जानथ्यो ।त्यति खेर के भने यी केटारिले जस्तो लाग्यो खासै‌ वास्ता गरिन अहिले ती बच्चाहरुलाई र तिनले बोलेकाे त्यो वाक्यलाई झलझलि सम्झिन्छु। खै अहिले कहाँ छन् ती बच्चीहरु कत्रा भए होलान ,कस्तो हालतमा छन! जहाँ भए पनि तिनिहरु सुखि रहुन ।

दम्पती जस्ता सुकै‌ हुन हरेक परिवारमा यस्तै सन्तान जन्मिउन

प्रतिक्रिया