उत्तर कोरियाद्वारा थप २ वटा क्षेप्यास्त्र परीक्षण

इनेप्लिज २०७९ चैत १३ गते १८:३३ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाले दक्षिण कोरियासॅग सैन्य अभ्यासका लागि छिमेकी जलक्षेत्रमा विमान वाहक प्रहार समूह सार्दा उत्तर कोरियाले सोमबार आफ्नो पूर्वी जलक्षेत्रमा दुई छोटो दुरीको ब्यालेस्टिक मिसाइल ( प्राक्षेपिक क्षेप्यास्त्र) प्रहार गरेको छ।

दक्षिण कोरियाका सयुक्त सेना प्रमुखले दुईवटा क्षेप्यास्त्र उत्तर कोरियाको राजधानी प्योङयाङको दक्षिणमा रहेको पश्चिमी अन्तरदेशीय क्षेत्रबाट बिहान ७:४७ देखि बिहान ८ बजेसम्म प्रहार गरिएको बताए ।

उन्ले समुद्रमा अवतरण गर्नुअघि करिब २२९ माइलको यात्रा गरेको बताए। 

जापानको सेनाले  जापानको विशेष आर्थिक क्षेत्र बाहिर अवतरण गर्नु अघि ३१ माइलको अधिकतम उचाइमा पुगेको बताएका छन ।

प्रतिक्रिया