भिजिट भिषामा दुबई गएर टन्न पैसा कमाउने सपना देख्नु भएको छ ?

नबिन बिक २०७९ चैत ११ गते २२:०७ मा प्रकाशित

देशमा प्रजातन्त्र आएको पनि ३३ बर्ष भैसकेछ। यो अन्तरालमा काँग्रेस, एमाले, माओबादी पार्टीका नेताहरु पालै पालो दर्जनौ नेताहरु दर्जनौ चोटी प्रधानमन्त्री भैसके । अझ भएन भनेर राज संस्थालेनै जनता चुसेको, राजसंस्थाले नै गर्दा हो जनता गरिब भएको भनेर राज संस्था पनी फालीयो, प्रजातन्त्र, लोकतन्त्र हुदै अहिले संघिय गणतन्त्रमा छौ ।

तर जनताहरुको र देशको हालत जहाको तही छ, सिधै भनौ भने राजसंस्थाको पालमा भन्दा पनि खराब छ। जनताका छोरा छोरी रिन धन काटेर दुख गरेर पढे पनि देशमा कुनै अबसर पाउदैनन, महंगी र बेरोजगारीले आकाश छोएको छ। घरमा सुको कमाई छैन, पैसा कमाई नभए पनि लाउन खान बन्दगर्न नसकिने रैछ ।

सरसापट गरेर घर चलायो,रिन माथी रिन थपिदै जान्छ, अनी के गर्नु? यसको सामाधान भनेको एउटै उपाए बिदेश जाने, टन्न कमाउने , रिन तिर्ने, एउटा गतिलो घर बनाउने र बाकी जीबन सुख संग बिताउने।

सपना र सोच त राम्रै हो, बिदेश त जानी तर कुन देश जाने? अमेरीका जाउ त ५०-६० लाख खर्च हुने, लौ गठ्ठा बेचेर वा रिनै काटेर गए पनी दलाले अमेरिकै पुर्याउछ भन्ने के ग्यारेन्टी छ? जंगल र समुन्द्रमै जीबन समाप्त हुने पो होकी भन्ने डर पनि उत्तिकै, युरोप जान पनि सजिलो र सस्तो छैन, उस्तै धन र जनको खतरा मोल्नु पर्ने, अब के गर्नु त ? डेढ दुईलाख खर्च गरेर सजिलै उडन पाईने ठाउ भनेको दुबई नै हो। आफै १-२ महिनाको भिषा लाएर आयो, आफै काम खोज्यो, अनी काम काम सुरु गर्यो। तर भिजिट भिषामा दुबई आएर भने जस्तो राम्रो काम र दाम पाउनु भनेको एक मुखे रुद्राक्ष भेटनु जस्तै हो ।

दुबई बाहिरबाट जति सुन्दर र फ्यान्ट्यासी लाग्छ, त्यहाको संघर्ष र महंगी त्यतिकै कुरुप छ ।

नेपालमै दलालले २-३ लाख लिदा रैछन भिजिटमा दुबई लानको लागी, जुन भिषा आफैले लगायो भने १ महिनाको १०० डलर र २ महिनाको २०० डलर जति मात्रै पर्छ। टिकट ५०-६० हजार जति मात्र लाग्छ, तर दलालहरुले टन्नै पैसा लिएका हुदा रैछन। दुबई त आउने रैछन तर दुबई आएसी पो उनीहरुको दशा सुरु हुदो रैछ। पछिल्ला दिनहरुमा नेपालको शिक्षाको पनि गुणस्तर खस्किदो छ, न हातमा केही सिप छ, घरमा मिलमा गएर धानकुटेर ल्याउन नसक्नेहरु र एकछाक खाना पकाएर आमाबाबुलाई खुवाउन नसक्नेहरु २०-२२ बर्षको कलिलो उमेरमै दुबई के केनै गर्चु भनेर हानिदा रैछन।

दुबई बाहिरबाट जति सुन्दर र फ्यान्ट्यासी लाग्छ, त्यहाको संघर्ष र महंगी त्यतिकै कुरुप छ। दुबई आएसी बस्ने भनेको सानो पार्टीसन कोठा नेपालमा सामान्यघरको बाथरुम जत्रो हुन्छ जसमा दुईजना बस्नु पर्छ, एक जनाले पाँच सय देखी आठ सय दिराम (अठार हजार नेपाली देखी अठ्ठाईस हजार नेपाली) खर्च हुन्छ। खानाको अर्को २० हजार नेपाली छुट्याउनु पर्छ, दुबईको फोनकल र डाटा धेरै महंगो छ, ईन्टरभिउको लागी फोन गर्नै पर्यो, गाडीमा हिड्नै पर्यो, १ महिनाको भिषा त दुबई आएर २-४ वटा ईन्टरभिउ नसकिदै सकिन्छ ।

लहै लहमा रिन काटेर बिदेश नआउनुस, मलाई थाहा छ देशमा पनी बसि साध्य छैन तर तावा बाट उम्किएर भुंग्रोमा पर्नुहोला।

तेत्रो पैसा नेपालमा दलाललाई बुझाएर आएको छ, घर कसरी फर्किनु? फेरी रिन खोज्यो अनी भिषा थप्न दुबई एग्जीट भएर नजिकैको देश ओमन वा बहराईन जानु पर्छ, आउदा जादा टिकट फेरी दुबईको भिषा थप्दा फेरी कम्तिमा २००० दिराम खर्च आउछ। पैसाको खोलो बग्छ यहा, दलालहरुले काम लाईदिए बापत १०००-१५०० दिराम लिन्छन।काम भने जस्तो नपाईने होईन,आफै भने जस्तो नभएर हो। नेपालबाट आउनेहरु हातमा केही सिप हुदैन, नेपालमा हल्लीदै बसेकाहरु दुबई पनि हल्लीदै आईपुग्छन अनी तेस्तालाई काम कस्ले दिन्छ? कुनै पनि कम्पनीले कामदारको भिषामा मात्रै २,४५,०००/- नेपाली खर्चिनु पर्छ,मेडीकल, ईन्स्योरेन्स गर्दा कम्पनीको पनी राम्रै खर्च हुन्छ, त्यसैले कम्पनीले राम्रोलाई मात्र छानेर लिन्छ। हातमा सिप भएकाहरु कुक, टेक्नीसियन, ब्युटिसियन, बारिस्टाहरुलाई त काम पाउन कति गार्हो हुन्छ, किनकी नेपालको अनुभब र दुबईको बजार धेरै फरक छ, नेपालमा जस्तै खतरा काम जानेको भए पनी यहाँ दुबईमा फेरी जिरो देखी सुरु गर्नु पर्छ।

दुबई नेपालीको लागी मात्र ड्रिमल्यान्ड होईन, सारा अफ्रिका, एशिया र मध्यपुर्बका देशका नागरीकहरुको लागी पनि ड्रिमकन्ट्री हो, त्यसैले कम्पिटीसन धेरै छ।

अहिले योङ जेनेरेसनहरुमा दुबई आउने फेशनै चलेको रैछ, दुबईमा आएर भाग्य राम्रो भएर वेटर वा सेल्समा काम पाईहाले पनी सुख्खा १५००-२००० दिराम दिन्छन, खाना बस्न काममा जादा आउदा गाडीभाड , गर्दा ११-१२ सय दिराम सकिन्छ, फोन, कहिले काही साथीहरुसंग बाहिर जादा पकेट मनी गर्दा त ५०० दिराम जति बचाउन पनि हम्मे हम्मे पर्छ त्यो भनेको १८-२० हजार नेपाली हो।आउदै २-३ लाख खर्च भएको छ,त्यो उठाउनै १ बर्ष भन्दै बढी समय लाग्छ। मैले दुबईमा पनी कम्पनी खोलेर कारोबार सुरु गरिसकेको छु, म कहाँ पनि २-४ जना बैनी र भाईहरु काम खोज्दै आए , एउटी पुर्बकी बैनीले आएर आफ्नो घरको दुःख पोखेर आँसु नै झारीन, उनी आएको दुई महिना भै सकेछ, भिषा सकिएर फेरी ओमान गएर थपेकी रहिछन।उनी मेरो अफिसको लागी फिट थिईनन तर उनी रोएको देखेर मनै कस्तो भयो, गोजाबाट ६०० दिराम निकालेर दिएर उज्वल भबिस्यको कामना गर्दै बिदा गरे। फेरी अर्को भाई आई पुगे, बारिष्टा ( बारमा काम गर्ने) सिकेको रे , दुबई आएको महिना दिन भैसक्यो काम पाएनन रे, अब बारिष्टालाई मैले मोबाईल कम्पनीमा के काम दिनु? फेरी अर्की बैनी आईपुगीन, चितवनकै, गृहजिल्लाकी परिछन, उनको पनि समस्या उस्तै, उनले पनी बारिष्टा सिकेकी रे, रिसेप्सनिष्टमा राखौ की जस्तो लागेर, कम्प्युटर चलाउन आउछ भनेर सोधेको,आउछ भनिन, तेसो भए भोली देखी आउन त ट्राएलमा भने, पहिलो दिनमै ४५ मिनेट ढिलो आईन, दोस्रो दिन पनी ४५ मिनेट ढिलो आईन, २ दिन पछि पो थाहा पाए कम्प्युटर मठ्ठै रैच, अब यस्तोले के काम गर्ली भनेर बिदा दिने निर्णय गरे, बोलाएर सम्झाउदा टिलपिल टिलपिल आखा बनाईसकेकी थिईन। दाई म सिक्छु कम्प्युटर सबै काम सिक्छु भनेर आत्मबिश्वास देखाईन, बरु सिकुन्जेल पैसा लिन्न पनी भनिन, लौन त गर्छु भन्नेलाई एउटा मौका दिनु पर्छ जस्तो लागेर अहिले मैले टाईपिङ ट्युटर माईक्रोसफ्ट वर्ड र एक्सेल सिकाउदै छु।

त्यसैले कोही पनि लहै लहमा रिन काटेर बिदेश नआउनुस, मलाई थाहा छ देशमा पनी बसि साध्य छैन तर तावा बाट उम्किएर भुंग्रोमा पर्नुहोला। नेपाल सरकारले जस्तो सुकै नियम ल्याए पनि भिजिटमा मान्छे आएको आयै छन, सरकारको आम्दानि भनेकै रेमीट्यान्स नै हो , त्यसलै भिजिटमा आउनेलाई बिना कुनै झन्झट र सास्ती बिनै आउन पाउने ब्यबस्था मिलाई दियोस। दुबईमा यति धेरै नेपाली आएछन की एक हप्ता पहिला मेरो साथीलाई भिजिट भिषा एप्लाई गर्दा , नेपालीको कोटै सकिएछ। दुबईको बरदुबई त न्युरोड जस्तो भएको छ।ठेलम ठेल नेपालीकोलभिड हुन्छ। नेपाल सरकारको कडाई भनेकै दलाल र कर्मचारीको कमाई खानको लागी ल्याईएको हितकारी नियम हो। यो कुनै जनताको सुरक्षा वा मायाले ल्याएको निसम होईन।

नेपाल सरकारको भिजिट भिषा कडाई भनेकै दलाल र कर्मचारीलाई कमाई खानको लागी ल्याईएको हितकारी नियम हो। यो कुनै जनताको सुरक्षा वा मायाले ल्याएको नियम होईन,यसलाई जति सक्दो सहज खुकिलो र जनमैत्रीपुर्ण बनाउनु पर्छ।

सारांसमा भन्नु पर्दा दुबई नेपालीको लागी मात्र ड्रिमल्यान्ड होईन, सारा अफ्रिका, एशिया र मध्यपुर्बका देशका नागरीकहरुको लागी पनि ड्रिमकन्ट्री हो। त्यसैले कम्पिटीसन धेरै छ। यहाँ ४०-४५ डिग्रीको घाममा गरेको मिहिनेतको ५०% मात्र गरे पनि नेपालमै ३० हजार रुपिया कमाउन कुनै गार्हो हुदैन।

त्यसैले सबै कुरा बिचारे मात्र दुबईको सपना बुन्दा राम्रो हुने सल्लाह दिन चाहन्छु। यदि दुबईको बारेमा केही जानकारी चाहिएमा वा कम्पनीको बारेमा बुझ्न परेमा यो पंक्तिकारलाई सम्झिनुहोला, सकेको सहयोग र सुचना उपलब्ध गराउने छु।

नबिन बिक

नबिन बिक लेखक तथा कबि हुन् । एनआरएनएका एक अभियन्ता हुन् ।

प्रतिक्रिया