एन.आर.एन.ए.महिला अभियन्ताहरुको संयुक्त आपिल -स्व लामिछानेको बुवाको इच्छा पूरा गरि दिन आह्वान

इनेप्लिज २०७९ चैत ११ गते १०:४८ मा प्रकाशित

एन.आर.एन.ए.महिला अभियन्ताहरुले टेक्सास राज्य निवासी कृष्ण लामिछानेले स्वयम देहत्याग गरे पछि आज अन्तिम संस्कार गर्ने भएकोले बुवाको इच्छा पूरा गरि दिन आह्वान गरेका छन् ।

गत ०३/२४/२०२३ का दिन महिलाहरुको बसेको बैठकले स्व कृष्ण लामिछानेको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जली दिई अन्तिम पटक छोराको अनुहार हेर्ने बुबाको इच्छा रहेको हॅुदा बुवाको इच्छालाई पूरा गरि दिनु हुन् सामाजिक संस्थाहरुलाई अनुरोध गरेका छन् ।

पूर्ण पाठ जस्ताको त्यस्तै :

आदरणीय नेपाली अमेरिकी जनसमुदायहरु,

आज मिती ०३/२४/२०२३ मा एन .आर एन .ए .महिला अभियन्ताहरूको आकस्मिक बैठक बस्यो । उक्त बैठकले अमेरिकाको टेक्सास राज्य निवासी कृष्ण लामिछानेज्यूले स्वयम देहत्याग गरेको दुखद खबर प्राप्त भएको र उहॅाको मानवीय सम्बेदनाको आधारमा सम्मान गरी मृतकका बुवा नेपालवाट आउन्जेल सम्मके निम्ति पार्थिव शरीर नजलाई कन रोकिदिनु हुन अमेरिकामा सक्रिय सामाजिक अभियन्ताहरुको रूपमा काम गर्ने महिलाहरूले बुलन्द आवाज उठाएको हुदा सोही बमोजिक गरिदिनु हुन सम्वन्धित ब्यक्ती र निकायहरूमा अनुरोध गरिन्छ।

अमेरिकाको टेक्सास राज्यमा बसोबास गरेका गैरआवासिय नेपाली संघ, अमेरिकाका राष्ट्रीय समिति(२१-२३) का अध्यक्ष पदका उपबिजेता कृष्ण लामिछानेको केहिदिन अगाड़ी अकस्मात ईच्छा मरणको दुःखद घटनामा हामी स्तब्ध भएका छौ।

उक्त घटनाले अमेरिकामा बसेका नेपाली मात्र नभई बिश्वभर छरिएर रहेका नेपालीहरुमाझ सनसनिपुर्ण भईरहेको छ। हुन त एस्ता घटनाहरु हरेक दिन घटि नै रहेका हुन्छन तर यो घटनाको बस्तुस्थिती र परिस्थिति अलिक फरक ढंगको देखिएको छ।टेक्सास नेपाली समाजका पुर्वअध्यक्ष तथा एक असल सामाजिक अभियन्ताले यस्तो निर्णय किन लिए वा लिन बाध्यभए त्यो भबिस्यलाई नै छोडिदिउँ।

केहि दिन अगाडीमात्र स्वईच्छाले मृत्युवरण गरेका स्वर्गीय कृष्ण लामिछानेको पार्थिव शरिरलाई उहॉका बृद्धअबस्थाका पिताजिले अमेरिकाका नेपाली समाजका संधसस्थाहरुलाई शम्वोधन गरि ऑफु अमेरिकामा नआउन्जेल सम्म आफ्नो छोरालाई सतिगति नगरिदिन हारगुहारगरी गरेको हार्दिक अनुरोधलाई हामिले सम्मान गर्दै उक्त कार्य केहि दिनको लागी रोकिनु पर्छ अन्यथा आफ्नो सहोदर मृतक छोराको अनुहार देख्न नपाउनु प्राकृतिक न्याय र मानवीयता नै मरेर जानु हो र यो घोर अन्याय हो।

जस्को गम्भिर धक्का टेक्सासबासि अभियन्ता वा हामी सबैकको इतिहासमा पर्ने छ। कृष्णजीको बुबाले केहि बर्ष अगाडीमात्र माईलो छोराको मिजौरीको कोलम्बियामा कार्यालय अगाडी अर्को गाडीले ठक्कर दिदा दुखद घटनामा छोराको गुमाएको घाउ नसुक्दै फेरी अर्कों जेठो छोरो गुमाउदाको पिडाबोध उहॉलाई मात्रै थाहा होला।

आफ्नो बृद्ध अवस्थामा परेको यो बज्रपातमा हामिले गर्ने भनेको कम से कम आफ्नो मृतक जेठो छोराको अनुहार र उहॉकै हातले दागबत्ति दिनेकामको बातावरण बनाईदिने मात्र हो यो पबित्र काममा कोहि नचुकौ र उहाको उपस्थिति बिना दाहसंस्कार रोकेौ ।

उपस्थिती :

दिक्षा बस्नेत: उपाध्यक्ष एन आर एन अमेरिका

राधा पौडेल : निबर्तमान सल्लहाकार एब्ं , पुर्व उपाध्यक्ष एन आर अमेरिका
सुनिता कन्डेल : सचिव एन आर एन अमेरिका
शान्ति पौड्यल : बोर्ड सदस्य एन आर एन अमेरिका
छत्र गुरुङ : सल्लाहकार एन एआर एन अमेरिका
बिन्दु साप्कोटा : एन आर एन ए ICC सदस्य
गिता बजगाइं : महिला सम्योजक एन आर एन क्यालिफोर्निया च्याप्टर
ज्योती बराल : अध्यक्ष एन आर एन आयोवा च्याप्टर
श्रद्दा अधिकारी : एन आर एन अभियानता
लक्ष्मी थापा : महिला सम्योजक एन आर एन न्योर्क च्याप्टर
हेमा पनेरु : सल्लहाकार एन आर अमेरिका महिला समिती
इन्दिरा त्रीपाठी : पुर्व महिला सम्योजक एन आर अमेरिका
साबु गदाल कार्की : महिला समिती एन आर एन अमेरिका
मनोहरा थापा बोगडी : महिला समिती एन आर एन अमेरिका
रिचा शर्मा : एन आर एन महिला समिती
सबु साप्कोटा : सन्चारकर्मि, एब्ं एन आर एन अभियान्ता
शलोनी भन्डारी : एन आर एन बोस्टन च्याप्टर
(घटना घटिसक्यो भन्दैमा नजिर बन्न नदिऊॅ:)

(घटना घटिसक्यो भन्दैमा नजिर बन्न नदिऊॅ:)


अन्तमा स्वर्गीय कृष्ण लामिछानेको आत्मालाई शान्ति मिलोस, हार्दिक श्रद्धांजलि ।

प्रतिक्रिया