मानवरहित यान (ड्रोन)आक्रमणमा अमेरिकी ठेकेदार मारिएपछि अमेरिकी सेनाद्वारा सिरियामा हवाई आक्रमण

इनेप्लिज २०७९ चैत १० गते ११:१३ मा प्रकाशित

मानवरहित युद्धयान (ड्रोन)आक्रमणमा अमेरिकी ठेकेदार मारिएपछि अमेरिकी सेनाले सिरियामा हवाई आक्रमण गरेको छ । आक्रमणमा पाँच अमेरिकी सेवा सदस्य र एक ठेकेदार घाइते भएका छन्।

अमेरिकी सेनाले गत बिहीबार पूर्वी सिरियामा इरानी समर्थित समूहहरू विरुद्ध जवाफी हवाई आक्रमण गरेको छ । यस क्षेत्रमा रहेको अमेरिकी आधार शिविरलाई लक्षित गरी मानव रहित यान(ड्रोन) हमलामा एक अमेरिकी ठेकेदारको मृत्यु भएको छ भने पाँच अमेरिकी सेवा सदस्यहरू सहित छ जना घाइते भएको पेन्टागनले बताएको छ ।

मानवरहित हवाई यानले उत्तरपूर्वी सिरियाको हसकाह नजिकैको गठबन्धन आधारमा स्थानीय समय अनुसार १:३८ बजे मर्मत सुविधामा प्रहार गरेको पेन्टागनले एक विज्ञप्तिमा जनाएको छ ।

घाइते सेवा सदस्यहरू मध्ये दुईको घटनास्थलमा उपचार गरिएको थियो, जबकि अन्य चार अमेरिकीहरूलाई इराकमा गठबन्धन चिकित्सा सुविधाहरूमा लागिएको अधिकारीहरूले भने। एक अमेरिकी अधिकारीले एबीसी न्यूजलाई दुवै ठेकेदार अमेरिकी रहेको पुष्टि गरेका छन् ।

अमेरिकी गुप्तचरले आधारमा प्रहार गर्ने एकतर्फी आक्रमण मानवरहित यन (ड्रोन) मूल रूपमा इरानी भएको जनाइएको छ।

अमेरिकाको पूर्वी सिरियामा करिब ९०० सैनिकहरू छन् जुन इस्लामिक स्टेट(आइएस)को पुनरुत्थान रोक्न सिरियाली कुर्दिश सेनाहरूलाई सहयोग प्रदान गर्दछ।

प्रतिक्रिया