राजा ज्ञानेन्द्र शाहले नागरिक अभिनन्दन गर्नुपर्ने नै भए काठमाडौंमा गर्नुपर्छ !

इनेप्लिज २०७९ चैत ९ गते २२:११ मा प्रकाशित

मेरो सुझाव राजा ज्ञानेन्द्र शाहले नागरिक अभिनन्दन समारोह गर्नुपर्ने नै भए काठमाडौंमा गर्नुपर्छ ।

श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारले नागरिक अभिनन्दन समारोह गर्नुपर्ने नै भए ईनरुवा, झापा, बिराटनगर, बिरगंज, चितवन, रुपन्देही, कैलाली र कंचनपुर आदि इत्यादि ठाउँमा होइन अब काठमाडौंमा नागरिक अभिनन्दन समारोह गर्नुपर्ने मेरो सुझाव र सल्लाह श्री ५ महाराजधिराज ज्ञानेन्द्र, युवराजधिराज पारस र युवराज्ञी हिमानी शाहलाई छ ।

राजा ज्ञानेन्द्र शाहलाई प्रायःजसोले व्यापारीको दृष्टिकोणले हेर्ने गर्छन । एउटा व्यापारीलाई सत्ता चलाउन र कुटनीति बारे के थाहा प्रश्न गर्ने गर्छन ।

श्री ५ महेन्द्र शाह चाणक्य नीति, कुटनीति, परराष्ट्रनीति र आर्थिक सहयोग नीतिमा हाल सम्मको सफल राजा मध्ये एक मानिन्छन । राजा महेन्द्र शाहले अमेरिका, चीन, भारत, रुस, बेलायत, फ्रान्स र जर्मनी जस्ता अनेकौं राष्ट्रहरू संग सन्तुलित सम्बन्ध कायम राख्न सफल भएका थिए। राजा महेन्द्र शाह दुर दृष्टि सोच भएका राजा थिए । राजा महेन्द्र शाह विगतका समयहरुमा थुप्रै देशबिदेशहरू भ्रमण गरेका र अन्तर्राष्ट्रिय मामिलाहरु र परराष्ट्र मामिलाहरुमा पनि धेरै जानकार थिए ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया