इन्दिरा छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला ५५” सम्पन्न!

इनेप्लिज २०७९ चैत ९ गते २१:३८ मा प्रकाशित

काठमाडौँ,

टुक्का साहित्य समाजकाे आयाेजनामा २०७९ चैत ४ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-५५” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षकद्वय रामशरण न्याैपाने र अनिल खग्रासले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न देशहरूबाट १६ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत इन्दिरा छन्दमा अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षकद्वय न्याैपाने र खग्रासले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई इन्दिरा छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

::::: इन्दिरा छन्द :::::
गण सङ्केत : न र र लघु गुरु
गण सङ्केत : १११ २१२ २१२ १२
( ६ अक्षरमा विश्राम)

अभ्यासका क्रममा सङ्कलन भएका इन्दिरा छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू

[१]
१.
पद र मानमा, कामचोर छन्
पवित देश यो, बन्छ खोर झन्।
२.
युवक खेदिए, खोज्नमा धन
असक वृद्ध छन्, गर्न शासन।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२]
असल कामकाे थालनी भयाे
अहित साेच ती मेटिदै गयाे ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]
१.
असल भावकाे कामना गराैँ ,
सकल कामले जिन्दगी भराैँ ।
२.
सँगसँगै बसाैँ जिन्दगीभरि ,
खुस र साथमा कर्मले गरी ।
✍️ निरज कोइराला
बेलका १, उदयपुर
[४]
असल कर्म होस्, लागिपर्नुमा,
सह बनाउॅंदै, बीज छर्नुमा ।
✍️ म्यामराज राई
भोजपुर
[५]
बसन प्रेमको कामना गरि
रहन साथमा जिन्दगीभरि ।
✍️ हिमा रोका
मेहेलकुना सुर्खेत
[६]
सफल बन्नु लौ पूर्ण कामले,
कमल फूल झैँ बन्छ नामले ।
✍️ आर्त अकुलीन
कैलाली
[७]
फरक काममा जान्छ यो मन
नगर प्रेमको व्यर्थ उल्झन।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड
[८]
१.
कुशल भावले याचना गरौं
सहज कामले चाहना भरौं ।
२.
अब कसो गरी नित्यमा बसाैँ
रहर मेट्न लौ कम्मरै कसौं ।
✍️ प्रेम थापा “मन”
बागलुङ
[९]
१.
असल कामकाे थालनी गराैँ
कुशल हातका सिर्जना भराैँ।
२.
असल भक्तकाे प्रार्थना सुनी
वरद बन्दछिन् मुक्ति दायिनी ।
✍️ शम्भु गजुरेल
[१०]
१.
लिपुसँगै अहाे दुख्छ बाजुरा
सकस पर्छ रे खार्न पाखुरा।
२.
सरल शिल्पकाे चाहना उता
असल कार्यकाे कामना यता।
✍️ इन्दिरा प्रयास
[११]
१.
समर तालमा पौडियौँ खुबै
असुर त्रासले दौडियौँ दुवै।
२.
पवित प्रेमको चाहना थियो
कुटिल सोचले यातना दियो।
✍️ बाबुराम गौतम
गुल्मी
[१२]
गर न साधना साँच है खुसी,
नब न नामले दामले झुसी।
✍️ शाेभा अाचार्य गाैतम
काठमाडौँ
[१३]
१.
अनुभवी छ यो,मानवी मुना,
समय कालमा,पस्दछन् कुना।
२.
उदय हुन्छ है,चेतना लिदै,
असल कर्मले,साधना दिदै ।
✍️ होम प्रसाद
धरान,सुनसरी ।
[१४]
असल कामले नाम बन्दछ ,
सबल लोकले नित्य भन्दछ।
✍️ बेदु न्यौपाने
काठमाडौ
[१५]
समय राम्ररी पालना गरे
सफलता यसै हातमा भरे।
✍️ भगवती दवाडी
झापा
[१६]
भरन नापको भागमा लिई ,
सहज कामको साधना पिई ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया