फिनल्याण्ड नेटोमा सामेल हुने भएपछि रुसद्वारा निन्दा

इनेप्लिज २०७९ चैत ९ गते १७:०० मा प्रकाशित

फिनल्याण्ड नेटोमा सामेल हुने भएपछि रुसद्वारा निन्दा गरेको छ ।

रूसी विदेश मन्त्रालयले नेटोमा सामेल  हुने फिनल्याण्डको निर्णयलाई बिरोध गर्दै  यसलाई सन्तुलित मान्न सकिँदैन,” विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले मस्कोमा पत्रकार सम्मेलनमा भनिन ।

उनले यो निर्णय “अभूतपूर्व रुस विरोधी सॅचारमाध्यम अभियानको प्रभावमा” र उचित सार्वजनिक बहस बिना लिइएको दाबी गरिन्।

“हामी बुझ्छौं कि संयुक्त राज्य अमेरिका र यसका धेरै सहयोगीहरू यस राजनीतिक अभियानको पछाडि छन्,” उनले भनिन।

जाखारोभाले यो कदमले युरोपको सैन्य र राजनीतिक अवस्थालाई थप बिगार्ने बताइन्। 

रुसले बारम्बार हेलसिंकीको निर्णय उल्टो हुने दाबी गरेको छ, र यसले रुस-फिनल्याण्ड बीच रहेको  सम्बन्धमा नकारात्मक असर पारेको बताई रहेको छ ।

प्रतिक्रिया