रुसी सेनाले युक्रेनको जापोरिझियामा कम्तीमा ६ वटा क्षेप्यास्त्र प्रहार 

इनेप्लिज २०७९ चैत ८ गते १६:४५ मा प्रकाशित

रुसी सेनाले जापोरिझियामा कम्तिमा छवटा क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी अभियोजकको कार्यालयले बुधबार एक विज्ञप्तिमा जनाएको छ।

अभियोजकको कार्यालयले क्षेप्यास्त्रले नागरिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको बताएको छ।

एउटा क्षेप्यास्त्रले दुईवटा अग्लो भवनहरू बीचमा प्रहार गरिएको र बार्दलीहरुमा आंशिक रूपमा ध्वस्त पारेको, छानालाई क्षति पुर्याएको र झ्यालहरू फुटेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।

विस्फोटको लहर र मलबेले शहर नजिकैका अन्य आवासीय भवनहरू, सवारी साधन र अन्य नागरिक पूर्वाधारहरूलाई पनि क्षति पुर्याएको बताईएको छ ।

केही व्यक्ति अझै बेपत्ता रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया