टेक्ससका नेपाली समुदायका अगुवा कृष्ण लामिछाने आफ्नै निवासमा मृत अवस्थामा फेला

इनेप्लिज २०७९ चैत ८ गते १०:५१ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यका नेपाली समुदायका अगुवा कृष्ण लामिछाने आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन् । अब हामी बीच उनि रहेनन ।

नेपाल गोर्खा घर भै हाल अमेरिकाको टेक्सस राज्यमा लामो समय देखि बस्दै आएका नेपाली जन सम्पर्क समितिका संस्थापक मध्येका एक ,नेपाली समाज टेक्सस र गैर आवासीय नेपाली संघ अमेरिकाको नेतृत्वदायी भूमिका रहेका एक शालीन ,मृदु भाषी नेपाली समाज सेवीको अकल्पनीय निधन भएको खबरले नेपाली समुदायलाई मर्माहात बनाएको छ । नेपाली समुदाय आश्चर्य चकित भएका छन् । सबैलाई स्तब्ध बनाएको छ ।

खबर र जानकारी प्राप्त हुनासाथ सामाजिक संजालमा शोक सन्देश ,समवेदना ,श्रद्धान्जली अर्पण लगातार आउन थालेका छन । विभिन्न नेपाली अङ्किय पत्र पत्रिकाहरुले समाचार दिन थालेका छन् ।

गत मार्च २१ मंगलबारका दिन दिउसो करिव ४ बजे लामिछानेको अस्वाभाविक निधनको खबरले सबैलाई ज्यादै दुखित् तुल्याएको छ । स्रोतका अनुसार उनी मंगलवार साँझपख आफ्नै घरमा मृत भेटिएका थिए । नेपाली जन सम्पर्क समिति अमेरिकाको संस्थापक सदस्य, टेक्सस नेपाली समाज(एनएसटी )का पूर्व अध्यक्ष, गैर आवासीय नेपाली संघ अमेरिकाको नेतृत्वतहमा रही काम गरि सकेका थिए ।

नेपाली कांग्रेसका महाअधिबेसन प्रतिनिधि तथा गैरआवासीय नेपाली संघका पूर्व मानार्थ परिषद् सदस्य समेत रहेका थिए । दुई छोरी र श्रीमतीका साथ बसोबास गर्दै आएका लामिछानेको मृत्युको कारण खुलेको छैन ।

यस दुःखद घडीमा दिवंगत आत्माको चीर-शान्तीको कामना गर्दै शोक-संतप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भनि हामी ईनेप्लिज परिवार प्रार्थना गर्दछौ। प्रहरी अनुसन्धान पश्च्यात र मृत्युको कारण पुष्टी गरे पछि हामी यसको बिस्तृत जानकारी सहित अर्को समाचारमा समुदायलाई सुसूचित गराउने छौ ।

प्रतिक्रिया