विश्व कविता दिवस मनाइयो

इनेप्लिज २०७९ चैत ८ गते १०:३५ मा प्रकाशित

काठमाडौँमा विश्व कविता दिवस मनाइएको छ । अम्बर पब्लिकेसनको आयोजनामा थाहा पुस्तकालयमा सम्पन्न गरिएको उक्त कार्यक्रममा कविहरूले विभिन्न कविता वाचन गरेर दिवस मनाएका थिए ।

थाहा पुस्तकालयमा उपस्थित भएका करिब बीस जना कविहरूमध्ये सबैले दुई दुई र केहि कविहरूले तीन कविता सुनाएका थिए । कविहरूले नेपाली भाषासहित, हिन्दी र अङ्ग्रेजी भाषामा कविता सुनाएका थिए ।

प्रतिक्रिया