टेक्ससमा नेपाली समाजका अगुवाको अकल्पनीय निधन ,समुदायमा शोकको लहर , बिस्तृत जानकारी छिट्टै आउदै

इनेप्लिज २०७९ चैत ८ गते १:२७ मा प्रकाशित

नेपाल गोर्खा घर भै हाल अमेरिकाको टेक्सस राज्यमा लामो समय देखि बस्दै आएका नेपाली जन सम्पर्क समितिका संस्थापक मध्येका एक ,नेपाली समाज टेक्सस र गैर आवासीय नेपाली संघ अमेरिकाको नेतृत्वदायी भूमिका रहेका एक शालीन ,मृदु भाषी नेपाली समाज सेवीको अकल्पनीय निधन भएको खबर आएको छ ।

परिवार र प्रहरी बिभागले यसको पुष्टी गरे पछि हामी यसको बिस्तृत जानकारी सहित अर्को समाचारमा समुदायलाई सुसूचित गराउने छौ ।

यो खबरले शुभ चिन्तक तथा नेपाली समाजमा द्रुत रुपमा फैली रहेको र शोकको लहर छाई रहेको छ ।

ईनेप्लिजसंग पनि अति निकट रहनु भएका उहाको यो दुखद खबरले ईनेप्लिज परिवार मर्माहत भएको छ ।

प्रतिक्रिया