डिसीमा फोहोर टोकरीमा महिलाको शव फेला

इनेप्लिज २०७९ चैत ७ गते ०:४६ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीको दक्षिणपूर्वको एक भवन पछाडी रद्धि टोकरी( ट्रास क्यान)मा एक महिलाको शव भेटिएको छ ।

एक कामदारले आवासगृह (अपार्टमेन्ट) भवनको पछाडि फोहोर टोकरीमा एक महिलाको शव फेला पारेको प्रहरीले बताए।

सोमबार दिउँसो दक्षिणपूर्वी डीसीको रान्डल हाईल्याण्ड्स नामक क्षेत्रमा फोहोरको टोकरीमा एक महिलाको शव फेला परेको प्रहरी बिभागले जनाएको छ।

डिसीको १६१६ भवन समूह को २७ औ गल्लीमा रहेको एक आवास गृह भवन पछाडि सरसफाई गर्दै आएका एक कर्मचारीले फोहोरको टोकरी खोलेर महिलाको शव फेला पारेको फोहोर व्यवस्थापनका प्रबन्धकले एनबिसी न्यूज४ लाई बताए ।

सम्पत्ति प्रबन्धक( प्रोपर्टी मेनेजेर)ले रद्दीटोकरी सम्पत्तीसँग व्यवस्थापन सम्बन्धित नभएको बताए र उनले उनका फोहोर टोकरीहरुले उपयोग गर्नेहरु जिम्मेबार रहेको बताए ।

चिकित्सा परीक्षकको कार्यालयका अन्वेषकहरूले शव हटाउनु अघि उक्त मार्गमा लामो समय बिताएको एनबिसी न्यूज४ले जनाएको छ ।

जासूसहरू घटनास्थलमा पुगेका थिए भने तर प्रहरीले मृत्यु हत्या हो कि भनेर निर्धारण गर्न सकेको छैन भनि समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया