उद्योग व्यवसायीका समस्या समाधानका लागि एमालेलाई अग्रसरता लिन व्यवासयीको माग

वीरेन्द्र रावल २०७९ चैत ६ गते २१:४६ मा प्रकाशित

वीरेन्द्र रावल

धनगढी, चैत ६÷नेपालको विग्रीदो चरम आर्थिक संकटका कारण देशको अर्थतन्त्र ठूलो संकटमा पर्दै गैरहेकोमा सरकोकारवाला निकायले एमालेलाई समस्या समाधानका लागि पहल गरि दिन आग्रह गरेका छन् ।

नेकपा एमालेको जनवर्गिय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले व्यवसायीको हकहितका लागि पार्टीले शशक्त रुपमा भुमिका निर्वाह गर्नुपर्ने माग गरेका छन् ।

सोमबार धनगढीमा बसेको महासंघको तेस्रो विस्तारित बैठकको उद्घाटन समारोहमा बोल्दै बैकिङ नीति, चर्को ब्याजदर र आर्थिक मन्दीका कारण व्यवसायीहरु धरापमा परेको भन्दै पार्टीले सदनमा शसक्त रुपमा आवाज उठाउन पर्ने माग गरेका हुन् ।
महासंघका केन्द्रिय उपाध्यक्ष तथा सुदूपश्चिम इन्चार्ज सुुर्यबहादुुर थापाले व्यवसायीहरुका समस्या समाधानका लागि पार्टीले सरकारलाई दबाब दिन भूमिका खेल्नुुपर्ने बताए ।

उनले चर्को व्याजदर, व्यवसायीलाई मर्का पर्ने बैकिङ नीति लगायतका कारणले व्यसायिक चुुनौती थपिएकाले महासंघसँगै पार्टीले सदनबाट अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताउदै नभए व्यवसायी अभिभावकविहीन हुुने उल्लेख गरेका थिए ।

महासंघका केन्द्रिय कमिटि सदस्य पदम चौलागाईले व्यवसायीलाई मार पार्ने गरि राष्ट्र बैंकले नीति बनाउँदा समेत पार्टीको धारणा र सरकारलाई जिम्मेवार बनाउनतर्फ ध्यान जान नसकेको बताए ।

बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले जनबर्गीय संगठन बलियो भए पार्टी बलियो हुने बताए । उनले पार्टीको नीति बिचार र कार्यक्रम जनताका बीचमा लैजानका लागि पनि जनबर्गीय संगठनको भुमिका रहने बताए । ब्यवसायीको समस्या समाधान गर्न एमाले सडक र सदनमा सकृय भएर भुमिका निर्वाह गर्ने उनले बताए ।

कार्यक्रममा स्थायी समिति सदस्य तथा जनसंगठन समन्वय बिभाग प्रमुख भानुभक्त ढकालले ब्यवसायीका समस्या समाधानका लागि उनीहरुको आन्दोलनमा एमालेले साथ दिने बताए । पूर्व स्वास्थ्य मन्त्री समेत रहिसकेका ढकालले देशको दिगो आर्थिक विकास र समृद्धिको लागि एमालेले दशौं राष्ट्रिय महाधिवेशनबाट पारित घोषणा पत्रले स्पष्ट उल्लेख गरेकाले सबै नेता तथा कार्यकर्ताहरुले पार्टीले अघि सारेका कार्यक्रमलाई आत्मसाथ गरेर अघि बढ्नु पर्नेमा जोड दिएका छन् । उनले नेपालका उद्योगी व्यवसायीले भोग्नु परेका समस्यालाई समाधान गर्नका लागि राज्यलाई दवाव सिर्जना गर्दै व्यवासायीहरुका हक हितका पक्षमा पार्टीले वकालत गर्ने प्रतिबद्धता समेत सो अवसरमा व्यक्त गरेका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्म राज पाठकले पार्टीका सबै जनसंगठनले बर्गीय मुद्दा मा जोडिन आवश्यक रहेको बताए । बैठकमा महासंघका उपाध्यक्ष त्रिचन्द्र भट्टराई, महासचिव भगिरथ सापकोटा लगायतले धारणा व्यक्त गरेका थिए ।

महासङ्घका प्रदेश अध्यक्ष वीर बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा संघका कैलाली अध्यक्ष टेक बहादुर बुढाले समेत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको स्वागत पदम चौलागाईले गरेका थिए भने बैठकको सञ्चालन सुदूरपश्चिम प्रदेश कमिटीका सचिव मदन भट्टले गरेका थिए ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया