अमेरिकाको डिसी क्षेत्रको हिमालय फ्रि क्लिनिकको कोष वृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न

इनेप्लिज २०७९ चैत ५ गते १६:२१ मा प्रकाशित

हिमालय फ्रि क्लिनिकले आयोजना गरेको कोष वृद्धि (फन्ड रेजिङ्ग )तथा सांगीतिक कार्यक्रम अपार सफलताको साथ सम्पन्न

हिमालय फ्रि क्लिनिकले गत मार्च १८ ,शनिबारका दिन भर्जिनियाको फेयरफ्याक्स स्थित तन्दुरी नाइट्स नामक चमेना गृहमा आयोजना गरेको कोष वृद्धि (फन्ड रेजिङ्ग )तथा सांगीतिक कार्यक्रममा अपार सफलताको साथ सम्पन्न भएको छ ।

उक्त समारोहमा समूदायको अत्यधिक /अद्वितीय उपस्थिति हुनुको साथै समुदायको लागि हिमालय फ्रि क्लिनिक( हिमालय निशुल्क सेवा)ले गर्ने स्वास्थ्य सेवाका लागि समुदायले पूर्ण समर्थन जनाएका छन् । कार्यक्रम भरि भराउ हुन् पुगेको थियो भने समुदाय सदस्यहरुले मन खोलेर आर्थिक सहयोग गरेका थिए ।

कोष वृद्धि कार्यक्रम केवल समुदायको सेवाको लागि गरिने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा अभूतपूर्व सहभगिताले आयोजकलाई अझ हौशला मिलेको र अझ जिम्मेबार थपिएको हिमाली निशुल्क सेवाकी कार्यकारी निर्देशक स्वास्थ्य परिचारिका मंजु संग्रौलाले ईनेप्लिजलाई बताइन ।

साथै कार्यकममा सांगीतिक कार्यक्रमको प्रस्तुति पनि रहेको थियो भने उपस्थित नेपाली समुदायले कार्यक्रम पश्च्यात भरपुर मनोरंजन समेत लिएका थिए ।

सांगीतिक कार्यक्रममा आफ्ना प्रस्तुति दिने कलाकारहरुमा श्याम सुन्दर ,खेम संग्रौला ,सुगन्ध श्रेष्ठ ,केसी डान्स सेन्टरका दोश्रो पुस्ताका बिधार्थीहरु तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेको थियो । केसी डान्स सेन्टरका संचालक द्वय नविन केसी तथा लुना श्रेष्ठद्वारा निर्देशित उनीहरुका बिधार्थीहरुले बेजोड प्रस्तुति गरेका थिए ।

कोष वृद्धि कार्यकममा सहभागीको लागि एकजनाको लागि १ सय डलर र जोडीलाई १५० डलर राखिएको थियो । कार्यकममा नेपाली चिकित्सकहरु १२ जना , करिव २० जना स्वास्थ्य परिचारिका(नर्स ) तथा स्वयम् सेवकहरुको समेत सहभागिता रहेको थियो ।

हिमालय फ्रि क्लिनिक हरेक महिनाको शनिबार समय ( जचाउनेले नाम लेखाएर ) मात्र जाँच गरिन्छ । हरेक ३ महिनामा विशेषज्ञहरु समेत रहेको चिकित्सक तथा अन्य बिभिन्न प्रकारका स्वास्थ्य परिक्षण समेत गरिने मंजु संग्रौलाले बताइन ।

हिमालय फ्रि क्लिनिक सेवामा नियमित रुपमा स्वास्थ्य परिचारिका मंजु संग्रौला,चिकित्सक गुणराज सुबेदी लगायतले समुदायलाई सेवा पुर्याउनेछन् ।

हिमालय फ्रि क्लिनिक (हिमालय निशुल्क उपचार कक्ष )अमेरिकी सरकारको ५०१ सी अन्तर्गत दर्ता भएको गैर मुनाफाजनक संस्था हो ।

प्रतिक्रिया