नवदुर्गा नेपाली विद्यालयको होली पर्व भव्यरुपमा सम्पन्न

इनेप्लिज २०७९ चैत १ गते २२:१७ मा प्रकाशित

अमेरिकाको फेयरफ्याक्स, भर्जिनीयामा अवस्थित नवदुर्गा नेपाली विद्यालयले होली पर्व मार्च १२ को दिन भव्यरुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा १२० संख्याको हाराहारीमा विद्यालय परिवारका सदस्यहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको विशेष आकर्षणकोरुपमा विद्यार्थीहरुको क्षमता प्रस्तूती समेत गरिएको थियो । विद्यालयको विभिन्न तहमा अध्ययनरत २५ जना विद्यार्थीहरुले नृत्य, गीत, भायोलिन वादन, यात्रा बिवरण, कथा, कविता जस्ता रोचक र ज्ञानवर्दन प्रस्तूती गरेका थिए ।

उक्त कार्यक्रमलाई विद्यार्थीहरु किञ्जल शर्मा र समिप सुबेदीले सञ्चालन गरेका थिए । कार्यक्रमको संयोजन निर्देशक गीता शर्माले गर्नुभएको थियो । परदेशमा बसेर पनि विशेष गरेर नया पुस्तालाई नेपाली भाषा र संस्कृती सिकाउने अभिप्रायका साथ सञ्चालनमा रहेको नवदुर्गा नेपाली विद्यालयले हाल विभिन्न तहमा ८० भन्दा वढी विद्यार्थीहरुले निशुल्क अध्ययन अध्यापन गराउदैआईरहेको कुरा विद्यालयका बोर्ड अफ डाईरेक्टर मनोज खड्काले बताउनु भयो ।

नियमित नेपाली भाषा अध्यापनका साथैविद्यार्थीहरुको ज्ञान, सीपका र आत्मविश्वास बढाउनका लागि यस प्रकारको क्षमता प्रस्तूती कार्यक्रम अत्यन्त उपयोगी देखिएकोकार्यक्रममा सहभागी युवा समाजसेवी तथा अभिभावक अर्जुनध्वज खड्काले बताउनुभयो ।

यस विद्यालयको विभिन्न विधाको विज्ञ निर्देशकको रुपमा गीता शर्मा, कल्याण कोईराला, मनोज खड्का, राजन घिमिरेर हरि पौडेलले संयोजन गर्दै आउनुभएको छ ।

नवदुर्गा विद्यालयको मौलिक पहिचान भनेको पूर्णरुपमा स्वयमसेवाको माध्यमबाट पढाई हुनु रहेको छ, जहाँ हाल १९ जना स्वयंसेवक शिक्षकहरु (राजन घिमिरे, पूजा अधिकारी, अस्मिता पौड्याल, मनोज खड्का, अर्चना शर्मा, रक्षा शर्मा, हरी पौडेल, देवी कोईराला, सृजना पौडेल, कल्याण कोईराला, गीता शर्मा, डा. पशुपती ढकाल, तीर्थ जोशी, शान्ती भट्ट, अन्जली अर्याल, अप्सरा अर्याल सापकोटा, राज पोख्रेल र सैलिना थापा ,आचार्य प्रभा प्रत्यक्ष संलग्न हुनु हुन्छ ।

उक्त कार्यक्रममा विद्यालयको मिडीया पार्टनरको रुपमा मोफसलमा सञ्चालित नेपाली समुदायमा विशिष्ट पहिचान बनाउन सफल न्यूजपोर्टलइनेप्लिज डटकमलाई विशेष धन्यवाद प्रदान गरिएको थियो ।

प्रतिक्रिया