सापसबाट पुस्तक सम्पादकहरु सम्मानित र पुरस्कृत 

इनेप्लिज २०७९ चैत १ गते २१:२४ मा प्रकाशित

स्वर्ण महोत्सव (Golden Festiva)को अवसरमा साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज २०७९ चैत १ गते, डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजना गरेको “सापस स्वर्ण महोत्सव विशिष्ट सम्मान तथा प्रतिभा पुरस्कार” २०७९ समर्पण समारोहमा चारजना पुस्तक सम्पादकलाई सम्मानित गरेको छ ।

“सापस स्वर्ण महोत्सव साहित्य सम्पादन विशिष्ट सम्मान” २०७९ बाट सम्पादकहरु प्रा.डा. लक्ष्मणप्रसाद गौत्तम र विमल भौकाजी समानित भएका छन् ।

यसैगरी “सापस स्वर्ण महोत्सव साहित्य सम्पादन प्रतिभा पुरस्कार” २०७९ बाट नगद राशी १११००/- सहित सम्पादक पारस नेपाल र नगद राशी ५५००/- सहित युवा सम्पादक रोयल आचार्य पुरस्कृत भएका छन् ।

चारैजनालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान उपकुलपति शम्भु राईले सम्मान गरेका हुन् ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि उपकुलपति शम्भु राई, संघका अध्यक्ष राधेश्याम लेकाली, पूर्व अध्यक्षहरु विश्वविमोहन श्रेष्ठ र नरेन्द्रबहादुर श्रेष्ठ, कोषाध्यक्ष पद्यमावती सिंह, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, समानित सम्पादकहरु प्रा.डा. लक्ष्मणप्रसाद गौत्तम र विमल भौकाजी, पुरस्कृत सम्पादकहरु पारस नेपाल र रोयल आचार्यले आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा गुन्जनकी निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक, प्राज्ञ मातृका पोखरेल, वरिष्ठ साहित्यकार किशोर पहाडी, समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्की, नेपाल उपन्यास समाजका अध्यक्ष शंकर भारती, वासु शशी स्मृति परिषदका सचिव प्रद्युम्न जोशी, सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिल, घुम्ती मुक्तक मन्च नेपालका अध्यक्ष निर्मलरमण पराजुली, कवि एक चर्चित संचारकर्मी ठाकुर बेलबासे, निबन्धकार श्रीबाबु कार्की, अनेसास पुरस्कार समिति सदस्य दीपा राई पुन, कवि मधु पाठक र रुद्र अधिकारी, सापसकी सचिव नीता श्रेष्ठ, सन्चारकर्मी सरिता भारतीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन वरिष्ठ संचारकर्मी डब्बु छेत्री गरेका थिए । *

प्रतिक्रिया