लघुकथा-संभव असंभव

अरुणबहादुर खत्री “नदी” २०७९ फागुन ३० गते ११:२४ मा प्रकाशित

सुरेशले तीजको दर खान दिन विवाहित बहिनी रेखालाई लिन गयो । दाजुलाई देख्दा रेखा खुशी भइन् र आफ्नो सासु ससुरा र श्रीमानसंग केही दिनको लागि छुट्ठी लिएर आफ्नो माइत गइन् । सो दिन आफ्नो बाबुआमा र दाजुभाउजुसंग बसेर उनले दर खाइन् । तीजको दिनमा दिनभरि पानी समेत नखाइकन आफ्नो श्रीमान्को सम्झना गरेर रेखा ब्रत बस्नु परेकोले उनको मुख साह्रै नै सुक्यो रेखालाई खपी नसक्नु भयो र जेसुकै होस भनेर कोहीले पनि थाहा नपाउने गरी भान्छा कोठामा राखेको रसवरी लुकेर खाइन् । आमाले यहाँ राखेको रसवरी कसले खाएछ भनेर सोधिन् । रेखाले भाउजुले खाएको कुरा बताइन् ।

भाउजूप्रतिको पूर्वाग्रहले सासुले यो कुरा सजिलै पत्याइन् तर उता भाउजू भने ब्रतको कारणले फेन्ट हुंदा पनि सासु र नन्द दुबैले स्वांग पारेको भनेर गिज्याउदै थिए ।

सामाखुसी मार्ग,

सरकारी धारा, काठमाडौं
अध्यागमन कार्यालय,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,
एअरपोर्ट, काठमाडौं

प्रतिक्रिया