युक्रेन युद्धलाई लिएर युरोपेली संघद्वारा रुसमाथिको प्रतिबन्ध थप ६ महिना थप

इनेप्लिज २०७९ फागुन ३० गते १:२८ मा प्रकाशित

युक्रेन युद्धलाई लिएर युरोपेली संघले रुसमाथिको प्रतिबन्ध थप ६ महिना थप गरेको छ ।

युरोपियन युनियन काउन्सिल( युरोपेली संघ परिषद) ले सोमबार युक्रेनमा आक्रमण गरेपछि रुसमाथि लगाइएको प्रतिबन्ध थप छ महिनाको लागि लम्ब्याइएको घोषणा गरेको छ ।

प्रतिबन्धहरू सेप्टेम्बर १५ , २०२३ सम्म लागू हुनेछ, “युक्रेनको क्षेत्रीय अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रतालाई कमजोर पार्ने वा धम्की दिने जिम्मेवार व्यक्तिहरूलाई लक्षित गर्दछ,” परिषदले एक विज्ञप्तिमा भन्यो।

हालका प्रतिबन्धहरू १,४७३ व्यक्ति र २०५ संस्थाहरूमा लागू गरिएको छ । साथै यात्रा प्रतिबन्धहरू, सम्पत्ति रोक्का गर्ने, र सूचीबद्ध व्यक्ति र संस्थाहरूलाई कोष वा अन्य आर्थिक स्रोतहरू उपलब्ध गराउनमा प्रतिबन्ध समावेश गरिएको बिज्ञप्तिमा जनाईएको छ ।

९ फेब्रुअरी २०२३ को युरोपेली परिषदको निष्कर्षमा युरोपेली संघले युक्रेन विरुद्ध रुसको आक्रमणको युद्धको दृढ निन्दा दोहोर्‍याएको छ । संयुक्त राष्ट्र बडापत्रको स्पष्ट उल्लङ्घन गरेको र यसले युक्रेन र यसका जनतालाई ठूलो पीडा र विनाश ल्याएको परिषद्ले बिज्ञप्तिमा जनाएको छ ।

“रूसले आफ्नो क्रूर युद्ध तुरुन्तै बन्द गर्नुपर्छ,” भन्दै जोडदार आवाज उठाएको छ ।

रुस विरुद्ध युरोपेली संघको प्रतिबन्धको नवीकरण यस गुटले फेब्रुअरीमा प्रतिबन्धहरूको १० औं सम्पुष्टि (प्याकेज)लाई अनुमोदन गरेपछि यो आएको हो ।

प्रतिक्रिया