अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास गर्नु अघि उत्तर कोरियाद्वारा पनडुब्बीबाट दुई क्षेप्यास्त्र प्रक्षेपण

इनेप्लिज २०७९ फागुन २९ गते ११:२४ मा प्रकाशित

अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास गर्नु अघि उत्तर कोरियाले पनडुब्बीबाट दुई क्रुज मिसाइल प्रक्षेपण गरेको छ।

उत्तर कोरियाले आइतवार पूर्वी समुद्रमा पनडुब्बीबाट दुईवटा रणनीतिक पोतबिहार (क्रूज )मिसाइलहरू क्षेप्यास्त्रहरु प्रक्षेपण गरेको दाबी दक्षिण कोरियाले दाबि गरेको छ ।

दक्षिण कोरियाली सेनाका अनुसार उनीहरूले “उत्तरबाट प्रहार गरेको एउटा अज्ञात क्षेप्यास्त्र पत्ता लगाएको बताए । उत्तरको बन्दरगाह शहर सिन्पो नजिक कोरियाको पनडुब्बीबाट उत्तर कोरियाले प्रक्षेपण गरेको जनाएका छन् ।

क्षेप्यास्त्र परीक्षण अमेरिका र दक्षिण कोरियाको संयुक्त सेनाले आफ्नो वार्षिक ११ दिने सैन्य अभ्यास सुरु गर्नुभन्दा २४ घण्टा अघि भएको थियो, जुन पाँच वर्षमा सबैभन्दा ठूलो युद्ध परीक्षण हुने योजना थियो।

प्रतिक्रिया