पश्चिम अफ्रिकी देश उत्तर बर्किना फासोमा जिहादी समूहको आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
एपिका अनुसार मारिनेहरुमा अधिकांस सैनिकहरू, एक सहायताकर्मी र स्थानीय नागरिकहरू परेका छन्। सोमबार एक सहायताकर्मी र स्थानीय बासिन्दाले यस घटनाबारे जानकारी दिएका थिए।
आक्रमणको जिम्मा अल-कायदासँग संबद्ध जिहादी समूह जमात नसर अल-इस्लाम वाल-मुस्लिमिन (जेएनआइएम )ले लिएको छ, जुन साहेल क्षेत्रका सक्रिय समूहहरूमध्ये एक हो।
यो आक्रमण आइतवार बिहान बर्किना फासोको विभिन्न स्थानहरूमा भएको थियो, जसमा सैनिक शिविर र लामो समयदेखि घेराबन्दीमा रहेको रणनीतिक शहर जिबो पनि समावेश थियो।
सहायताकर्मीका अनुसार जेएनआइएमका लडाकूहरूले शहरका प्रवेशद्वार नियन्त्रणमा लिए । पछि सैनिक शिविरहरूमा आक्रमण गरे। विशेष गरी आतंकवादविरुद्धको विशेष इकाईको शिविरलाई लक्षित गरिएको थियो।
बर्किना फासो, जसको जनसंख्या २३ मिलियन छ । अहिले अफ्रिकाको साहेल क्षेत्रको सुरक्षा संकटबाट सबैभन्दा बढी प्रभावित देश बनेको छ। हिंसाका कारण २०२२ मा दुई पटक सैन्य विद्रोह भएको थियो । अब देशको आधा भाग सरकारको नियन्त्रणबाट बाहिर छ।
प्रतिक्रिया