अमेरिकाको टेक्ससमा एक व्यक्ति महिनौ दिन सम्म लाशसँग बसेपछि आफैलाई गोली हानी आत्महत्या

इनेप्लिज २०७९ फागुन २८ गते २२:०१ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यमा एक व्यक्ति महिनौ दिन लाशसँग बसेपछि आफैलाई गोली हानी आत्महत्या गरेका छन ।

टेक्सस राज्यको ह्युसटनमा प्रहरी अधिकारीहरूले आइतवार अनुसन्धान जारी राखेका छन । प्रहरीका अनुसार एक व्यक्ति प्रहरी सहायकहरु घरमा प्रवेश गर्नुभन्दा ठीक अघि आफैंलाई गोली हाने र उनि शवसँग महिनौंदेखि बाँचिरहेको पाएको बताए ।

उक्त क्षेत्रका छिमेकीहरूले शनिबार साँझ ह्यारिस काउन्टी शेरिफको कार्यालयलाई सम्पर्क गरे उनीहरूले महिनौंदेखि घरमा बस्ने एक जना पुरुषलाई नदेखेको बताएका थिए ।

टेक्सस राज्यको पश्चिमह्युस्टनको घरमा सहायकहरुले घरको एक छेउबाट धेरै झिंगा र नराम्रो गन्ध आएको ह्युसटनमा प्रहरी बिभागका सहायक प्रवक्ता थोमस गिलील्याण्डले बताए ।

घरमा प्रवेश गरेपछि प्रहरीहरूले गोलीको आवाज सुने र एक व्यक्तिको शव भेट्टाएको एबिसीन्यूजले समाचार लेखेको छ । जसमा उनले स्वयम् बन्दुकले हानी आत्महत्या गरेका थिए भने उनलाई चोट लागेको गिलील्याण्डले भने ।

गिलील्याण्डका अनुसार अर्को छेउको शयनकक्षमा, उनीहरूले अर्को पुरुषको शव पनि भेट्टाए जुन गम्भीर रूपमा कुहिएको थियो ।

कुहिएको शवको शवपरीक्षण गर्ने योजना रहेको उनले बताए । अन्वेषकहरूका अनुसार दुई पुरुषहरू सँगै बस्थे तर उनीहरूको सम्बन्धको बारेमा अन्य विवरणहरू निर्धारण गर्ने प्रयास गरिरहेको गिलील्याण्डले बताए ।

दुवै पुरुषहरु ६० बर्ष उमेरका भएको विश्वास गरिएको छ भने उनीहरुको नाम प्रहरीहरुले सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया