क्यालिफोर्नियाको सान डिएगो काउन्टीमा दुईवटा डुङ्गा पल्टिँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।
क्यालिफोर्नियाको सान डिएगो काउन्टीको समुन्द्रीतटको किनारमा तस्कर गर्ने दुईवटा डुङ्गा पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार गत शनिबार राति ११:३० बजे घटनास्थल पुगेका थिए । एक स्पानेली भाषा बोल्ने महिलाले ब्ल्याक्स समुन्द्र तट टोरे पाइन्स शहर बीच नजिकै दुईवटा डुङ्गा पल्टिएको खबर गरेकी थिइन् ।
सान डिएगो अग्नी तथा उद्धार टोलीका प्रमुख जेम्स गार्टल्याण्डले आइतवारको पत्रकार सम्मेलनमा आठ जना बोकेको एउटा डुङ्गा किनारमा पुगे पछि अर्को डुंगा पनि पल्टिएको बताए ।
हामी उद्धारमा लाग्यौ । हामीले पानीबाट मानिसहरूलाई खोज्ने प्रयास गर्न सके जति सक्यौं,” गार्टल्याण्डले भने। जीवन रक्षकहरुले करिब एक घण्टाको खोजी गरि शव निकालेको उनले बताए ।
गार्टल्याण्डका अनुसार मारिएका सबै आठ वयस्क थिए। तिनीहरूको कुन देशका हुन भनि पहिचान नभएको सिएनएनले समाचारमा लेखेको छ ।
उद्धारकर्ताहरू पानीमा प्रवेश गर्दा, “उनीहरूले डुबेका पीडितहरूको शव देख्न थाले, र उनीहरूले मानिसहरूलाई तान्न थाले, र उनीहरूले केही मानिसहरूलाई किनारमा बगाएको पनि देखे,” गार्टल्याण्डले सीएनएनलाई भने।
पीडितहरू कुन डुङ्गामा आएका थिए वा के कारणले डुङ्गा पल्टियो भन्ने खुल्न सकेको छैन। त्यहाँ कुहिरो लागेको थियो भने केही यात्रुहरू समुद्र तटमा र अन्य पानीमा डुबेर मरे।
प्रतिक्रिया