बाख्मुतमा २२१ रुस समर्थक सेनाको मृत्यु भएको युक्रेनको दाबी ,२१० युक्रेनी सेना मारिएको दाबि रुसको दाबि

इनेप्लिज २०७९ फागुन २८ गते १२:१० मा प्रकाशित

युक्रेनको बाख्मुतमा २०० भन्दा बढी रुस समर्थक सेनाको मृत्यु भएको युक्रेनले दाबी गरेको छ भने रुसले पनि २१० युक्रेनी सेना मारिएको दाबि गरेको छ ।

युक्रेनी सेनाका प्रवक्ता सेर्ही चेरेवातीले विवादित शहर बाख्मुतमा भएको भिडन्तमा मस्को समर्थक २२१ सैनिक मारिएको बताएका छन्।

शहरमा भएको झडपमा ३०० भन्दा बढी सैनिक घाइते भएको अधिकारीले बताए ।

रुसको रक्षा मन्त्रालयले डोनेस्क क्षेत्रमा दुई सय १० जना युक्रेनी सैनिक मारिएको बताएको छ, जहाँ भिडन्त जारी रहेको बताएको छ

मस्कोले पूर्वी डोनेट्स्क सहर बाख्मुत मा भएको हताहतको विवरण भने दिएको छैन भने उक्त शहर अहिले लगभग सुनसान छ।

प्रतिक्रिया