क्यालिफोर्नियामा भारी वर्षा र हिमपातको चपेटामा पर्ने भएकोले बासिन्दाहरुलाई खाली गराईदै , दुई जनाको मृत्यु

इनेप्लिज २०७९ फागुन २७ गते १२:२९ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियामा भारी वर्षा र हिमपातको चपेटामा पर्ने भएकोले सतर्कता अपनाउन र तयारी हुन् आह्वान गरिएको छ । साथै ऐतिहासिक हिमपात ,वर्षा र बाढी पछि पुन उक्त क्षेत्रमा भारी वर्षा र हिमपात फेरी आउने भबिश्यवाणी गरिएको छ । केही समय अगाडी लस एन्जेलसको पहाडी क्षेत्रमा ६ फिट सम्मको हिमपात र बाढीको कारण दर्जनौ मानिसहरुको ज्यान गएको थियो ।

राष्ट्रपति जो बाइडेनले क्यालिफोर्नियाका लागि आपतकालिन अवस्थाको घोषणा गरेका छन् । गत शुक्रबार भारी वर्षा भएको छ । क्यालिफोर्निया राष्ट्रिय सुरक्षाकर्मीले सम्भावित बाढीको सामना गर्न उच्च पानीका सवारी साधनहरू तयार गरि रहेको एनबिसीन्यूजले समाचार लेखेको छ ।

क्यालिफोर्नियामा दुई जनाको मृत्यु भएको छ भने तयारीमा बाइडेनले शुक्रबार आपतकालिन अवस्थाको घोषणा गरेका छन् ।

क्यालिफोर्नियाको आपतकालीन सेवा कार्यालयका निर्देशक न्यान्सी वार्डले दुई जनाको मृत्यु भएको पुष्टि गरेकी छन्। थप रूपमा वार्डले ९,४०० मानिसहरू खाली गर्ने आदेश दिईएको बताईन ।

लस एन्जलसको राष्ट्रिय मौसम सेवाले गत शुक्रबार ट्विट गर्दै पश्चिमी सान्टा बारबरा काउन्टीमा दिउँसो सम्म भारी वर्षा र गर्जनसहितको वर्षा हुने बताएको थियो ।

क्यालिफोर्नियाका ५८ काउन्टीहरू मध्ये ३४ काउन्टीहरूले शुक्रबारसम्म आपतकालिन अवस्था घोषणा गरेका थिए।

प्रतिक्रिया