सन् १९९६ मा क्यालिफोर्निया महाबिद्यालयकी छात्राको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई २५ वर्षको कारागार सजाय

इनेप्लिज २०७९ फागुन २७ गते ११:४९ मा प्रकाशित

सन् १९९६ मा क्यालिफोर्निया महाबिद्यालय (कलेज)की छात्रा क्रिस्टिन स्मार्टको हत्या गरेको अभियोगमा दोषी ठहर भएका व्यक्तिलाई २५ वर्षको कारागार सजाय दिईएको छ ।

सन् १९९६ मा बेपत्ता भएकी स्मार्टको हत्या गरेको अभियोगमा दोषी ठहरिएका व्यक्ति जो उक्त महाबिधालयकै छात्र पल फ्लोरेसलाई शुक्रबार राज्यको झ्यालखानामा २५ वर्षको आजीवन कारावासको सजाय सुनाइएको छ।

स्मार्टको मृत्युमा लामो समयदेखि प्रमुख संदिग्ध मानिने फ्लोरेसलाई २०२१ मा पक्राउ गरिएको थियो र गत अक्टोबरमा प्रथम श्रेणीको हत्याको दोषी पाइएको थियो ।

क्यालिफोर्निया पोलिटेक्निक स्टेट युनिभर्सिटी, सान लुइस ओबिस्पोको छात्रावासमा फर्कने क्रममा स्मार्ट १९ वर्षकी थिइन्।

स्मार्टको अवशेष कहिल्यै फेला परेन, तर उनलाई २००२ मा कानुनी रूपमा मृत घोषित गरिएको थियो।

फ्लोरेसअहिले ४६ बर्षका भएका छन् भने मे २५ ,१ ९९६ मा बलात्कार प्रयासको क्रममा स्मार्टको हत्या गरे । विश्वविद्यालयको उनको छात्रावास कोठामा जहाँ दुवै प्रथम वर्षका विद्यार्थी थिए। उक्त परिसर बाहिरको भोजबाट उनको घरमा हिँड्दा स्मार्टसँग उनलाई देखेको उनि नै अन्तिम व्यक्ति थिए ।

फ्लोरेसलाई २०२१ मा उनको बुबासँगै पक्राउ गरिएको थियो ,जसलाई स्मार्टको शव लुकाउन मद्दत गरेको आरोप थियो भनि सिबिएसन्यूजले समाचार लेखेको छ ।

सान लुइस ओबिस्पोबाट करिब ११० माईल उत्तरमा मोन्टेरे काउन्टीको सलिनासमा सुनुवाइ भएको थियो । एक निर्णायक मण्डलले अक्टोबरमा फ्लोरेसलाई प्रथम श्रेणीको हत्याको दोषी पाए। निर्णायक मण्डलले ८१ वर्षीय रुबेन फ्लोरेसलाई सहायक बन्नबाट सफाइ दिएको छ ।

प्रतिक्रिया