अमेरिकाको नर्थ क्यारोलाइना विमानस्थलको अन्तिम स्थान (टर्मिनल) भित्र गाडी चलाउदा गाडी दुर्घटना ,संदिग्ध पक्राउ

इनेप्लिज २०७९ फागुन २६ गते १२:१८ मा प्रकाशित

अमेरिकाको नर्थ क्यारोलाइना विमानस्थलको अन्तिम स्थान (टर्मिनल) भित्र गाडी दुर्घटना भएको छ भने प्रहरीले सवारी साधन कुदाउने संदिग्धलाई पक्राउ गरेको छ ।

एक संदिग्ध व्यक्तिलाई गत बिहीबार राति नर्थ क्यारोलाइनाको विल्मिंगटनको विमानस्थलको चिल्लो बाटो( टार्माक)मा गाडी चलाएर भित्र गाडी ठोक्किएपछि हिरासतमा लिइएको अधिकारीहरूले बताए ।

न्यू ह्यानोभर काउन्टी शेरिफको कार्यालयले सीबीएस न्यूजलाई एक विज्ञप्तिमा गाडीले विल्मिंगटन अन्तर्राष्ट्रिय विमानस्थलमा बेलुका ७ बजेको समयमा घेरा तोड्यो भनि बताएको छ ।

कसैलाई चोटपटक नलागेको शेरिफको कार्यालय र विमानस्थल दुबैले बताए। पुरुष चालक जसको नाम सार्वजनिक गरिएको छैन भने उनलाई हिरासतमा राखिएको छ । उनले धेरै राज्य र संघीय आरोपहरू सामना गर्नेछन भनि शेरिफको कार्यालयले बताएको छ ।

शेरिफका अधिकारीहरूले कसरी संदिग्धले घेरा (बार )तोड्न सक्षम थिए भन्ने विस्तृत विवरण दिएनन्।

प्रतिक्रिया