अन्तर्राष्ट्रिय नारी दिवसलाई शुभ कामना

इनेप्लिज २०७९ फागुन २४ गते २:१० मा प्रकाशित

आजको यस दिनलाई हामी महिला र महिलाको रुपमा पहिचान गर्ने सबैको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलव्धिलाई मनाउँछौं । मार्च ८ अर्थात फागुन २४ गतेलाई लैङगिक समानतालाई गति दिनको लागि यस कार्यको लागि आह्वान पनि गर्दछ । अन्तर्राष्ट्रिय महिला दिवस पहिलो पटक एक शताव्दी भन्दा पहिले मनाइयो । पहिलो महिला दिवस मे महिनाको ३ तारिखको १९०८ मा शिकागोमा भएको थियो ।

अमेरिकी समाजवादी पार्टीद्वारा आयोजीत गरेको थियो । यसैले आधिकारिक रुपमा “महिला श्रमिकहरु” को लागि समर्पित दिनमा आर्थिक र राजनीतिक समानताको माग गर्ने १,५०० महिलाहरुको सहभागिता एकैसाथ ल्याएको थियो ।

विश्वव्यापी महिला मताधिकार आन्दोलनद्वारा २० औं शताव्दीको प्रारम्भमा उत्तरी अमेरिका र यूरोपमा श्रम आन्दोलनबाट उत्पन्न भएको थियो । प्रारम्भिक संस्करण कथित रुपमा सोसलिष्ट पार्टी अफ अमेरिकाद्वारा न्यूयोर्क शहर फेब्रुअरी २८, १९०९ मा आयोजित “महिला दिवस” मनाइएको थियो ।

यसले १९१० मा अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलनमा जर्मनका प्रतिनिधिहरुलाई हरेक बर्ष “बिशेष मिहला दिवस” आयोजना गर्ने प्रस्ताव गर्न प्रेरित गरे ।

कुनै निर्धारित मिति बनाउन अर्को बर्ष यूरोपभरि अन्तर्राष्ट्र्यि महिला दिवसको पहिलो प्रदर्शन र समर्थन देखियो । १९१७ मा सोभियत रुसमा महिलाहरुले मताधिकार प्राप्त गरेपछि (फेब्रुअरी क्रान्तिको शुरुवात) लाई मार्च ८ तारिखमा मनाउने र सो दिन महिला कर्मचारीहरुलाई राष्ट्रिय छुट्टि दिने प्रचलन भयो ।

यो पंक्तिकारले प्रत्यक्ष देखेको र विभिन्न अमेरिकाको अखबरहरुमा पढेको यस वर्ष विश्वभरका महिलाहरुका लागि गेम चन्चर भएको छ । जनवरी २१,२०१७ मा वाशिंगटन डी सीमा महिलाहरुको मार्च अर्थात विरोध जुलोस एक विश्वव्यापी जन बिरोधमा महिला अधिकारको समर्थनको एक ऐतिहासिक सार्वजनिक प्रदर्शन गर्नको लागि, संयुक्त राज्य अमेरिकाको ईतिहासमा सबै भन्दा ठूलो झण्डै ४ लाख सत्तरि हजार भन्दा बढिले सहभागिता जनाएको थिए ।

यसले दुनिया भरको महिलाहरुको मार्चको लागि प्रेरित गरे । साथै पछिल्लो समयमा लार्खौ महिलाहरुले कार्यस्थलमा नै यौन दुर्ब्यबहारको बिरोधमा सामाजिक संजाल मिटू अभियानले महिलाहरुलाई ८५ देशहरुमा यौन उत्पीडनको व्यक्तिगत खाताहरु साझा गर्न प्रेरित गरे ।

धार्मिक अल्पसंख्यकहरुले लामो समयदेखि धम्की र हिंसा भोग्दै आएको मुस्लिम बाहुल्य देश पाकिस्तानमा तल्लो जातका एक हिन्दु महिला पहिलो पटक सिनेटमा निर्वाचित भएकी थिइन । हाम्रो देश नेपाल प्राकृतिक सौन्दर्य र सगरमाथाको लागि परिचित हुन तर यो सानो रमणीय देशको एउटा अँध्यारो पक्ष पनि छ । नेपाल भारत सीमा नाकाबाट महिला तथा युवतीहरुको किनबेच र तस्करी भइरहेका छन ।

खासगरि जनजाती तथा वर्गिकृत महिलाहरु यो मुद्दाको बारे भरपर्दो तथ्यांक संकल गर्न गाह्रो भएता पनि युनिसेफले प्रतिबर्ष ७,००० महिला र केटीहरु नेपालबाट भारतमा बेचबिखन हुने र झण्डै २ लाख नेपाली महिलाहरु भारतीय बेश्यालयमा काम गरिरहेको जनाएको छ । यौन बेचबिखन र असुरक्षित बसाइ सराइको बढदो चापले ।

साभर न्यूयोर्क टाईम्स

एउटा कविता नेपाली दिदी बहिनीहरुलाई,
तिमीलाई लक्ष्मी भनौ कि, सरस्वती,
अन्नपूर्ण भनौ कि मायाँको खानी
तिमि हौ हाम्री जनानी स्वर्गकी रानी ।
कोटि कोटि नमस्तुते ।

डिग बहादुर तामाङ्ग, दोलाखा, भेडापु
.

प्रतिक्रिया