भर्जिनियामा दुई परिवार बीच विवाद सुरु हुँदा १ व्यक्तिलाई गोली हान्दा मृत्यु भए पछि ८० बर्षिय बृद्ध हिरासतमा

इनेप्लिज २०७९ फागुन २३ गते ११:४८ मा प्रकाशित

अमेरिकाको भर्जिनियामा दुई परिवार बीच विवाद सुरु हुँदा १ व्यक्तिलाई गोली हान्दा मृत्यु भए पछि ८० बर्षिय बृद्धलाई हिरासतमा लिईएको छ ।

अमेरिकाको भर्जिनिया राज्यको प्रिन्स विलियम काउन्टीमा घरेलु विवाद पछि गोली काण्ड भएको प्रहरीले बताए ।

भर्जिनिया राज्यको वुडब्रिज शहरको डेल मार्ग छेउमा रहेको फुलरटन सडक स्थित १४५०० भवन समूहमा रहेको एउटा घरमा राति ९ बजे भन्दा ठिक अगाडी गत आइतबार उक्त घटना भएको प्रहरी विभागले भने ।

प्रिन्स विलियम काउन्टीले दुई परिवारका सदस्यहरूबीच मौखिक झगडाबाट विवाद सुरु भएको बताएको छ।

प्रहरीले पहिचान नगरेको संदिग्ध व्यक्तिलाई ६० वर्षीय फ्रान्क माटेओलाई शरीरको माथिल्लो भागमा गोली हानेको आरोप लगाएको छ । माटेओको अस्पतालमा मृत्यु भएको हो ।

गोली के कारणले चलेको हो भनेर प्रहरीले अनुसन्धान गरिरहेको डब्लुटिओपिले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया