ए.एन.ए. को संरक्षक पदमा अमेरिकाको कोलोराडो निवासी  रजर अधिकारी  पुनः मनोनयन

इनेप्लिज २०७९ फागुन २२ गते १५:११ मा प्रकाशित

वासिंटन, डि.सी.। उत्तर अमेरिकामा रहेको नेपालीहरुको सबै भन्दा ठूलो र पुरानो राष्ट्रिय संस्था एसोसिएसन अफ नेपालिज इन दि अमेरिकाज (एएनए) ले अमेरिकाको कोलोराडो निवासी, ए.एन.ए. का पूर्व अध्यक्ष रजर अधिकारी लाई पुनः अर्को कार्यकालको लागि संरक्षक (Board of Trustee) को पदमा सर्वसम्मतिबाट मनोनयन गरेको छ। 

 एएनए बोर्ड अफ ट्रष्टीका अध्यक्ष डा. शंभु ढुंगानाको अध्यक्षतामा मार्च ५  , २०२३ मा बसेको ए.एन.ए. बोर्ड अफ ट्रष्टीको भर्चुअल बैठकबाट उक्त निर्णय गरिएको हो।

ए.एन.ए. का निवर्तमान अध्यक्ष एवं वर्तमान संरक्षक खगेन्द्र अधिकारीले उक्त जानकारी ईनेप्लिजलाई गराउनु भएको हो।

सम्पूर्ण ईनेप्लिज  परिवार नव नियुक्त ए.एन.ए. संरक्षक रजर अधिकारीको पुनः मनोनयन भएकोमा खुसि प्रकट गर्दै पूर्ण तथा सफल कार्यकालको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

प्रतिक्रिया