अमेरिकाको लेक्जिन्टन केन्टुकी राज्यको ज्याकोब्सन पार्कमा होलिपर्ब मनाइयो

इनेप्लिज २०७९ फागुन २१ गते १५:२३ मा प्रकाशित

सुदुर पश्चिममा बिशेस गरि मनाइने नेपालीहरुको महान चाड फागु पुर्णिमा तथा होलिपर्ब २०२३ मार्च ४ शनिबारका दिन दिउसो १ बजे देखि ६ बजे सम्म अमेरिकाको लेक्जिन्टन केन्टुकी राज्यको ज्याकोब्सन पार्कमा धुमधामका साथ मनाइयो। समाजले प्राय गरेर बिदाका दिन पारेर नेपाली पर्ब मनाउदै आएको छ। यसपटकको होलिमा पनि मादल मिजुर खैजडी बजाउदै देबी देवताको महिमा गाउदै हर्सो उल्लासका साथ मनाइयो। होलीको भाकाको नेतृत्व संस्थाका उपाध्यक्ष्य चुडामणि अवस्थीले लिनु भएको थियो भने सहयोगीको रुपमा कोषाध्यक्ष बिपिन पन्त, मुकेश ऐर रहनु भएको थियो। होलिमा हरेक समुदायका होलि प्रेमीहरुको उलेख्य उपस्थिति थियो।

अमेरिकाको जाडो बढ्ने घट्ने दिन प्रति दिनको बिग्रिदो बाताबरणले भने यस पटक साथ दिएकोले अलि होलिको रौनक बढेको देखिन्छ। होलीमा हात हातमा रंग अबिर लिएर केटाकेटीहरु सारै रमाएका थिए भने जेष्ठ नागरिक पनि उतिकै रमाएको देखिन्छ। हामीले नेपालमा खेलेको भन्दा यहाँको होलीमा खासै फरक छैन भन्ने अधिकांसको अभिब्यक्ति रहेको थियो। यस समाजका सम्पूर्ण दाजुभाई दिदि बहिनि तथा आमाबुवाहरुको हौसलापूर्ण उपस्थितिले नेपालमा हुने होलि भन्दा यहाँ मनाइने होलिमा खासै फरक देखिएको पाइदैन। उपस्थित सबै होलि खेल्नमै र एक आपसमा रंग लगाउनमै व्यस्त देखिन्थे। संस्थाले विभिन्न रंग, खाने पानी तथा पिज्जाको समेत ब्यबस्था गरेको थियो। पिज्जा ब्यबस्थापनमा दिर्घ जोशी र संस्थाका सदस्यहरुको भूमिका रहेको थियो।

सात समुद्र पारि बसेर पनि आफ्नो संस्कृति जोगाउन र नया पिढीलाई आफ्ना बिशेष पर्ब बारे जानकारी दिने उदेश्यले बिगत ९, १० वर्ष देखि यस सुदुर पश्चिम समाज केन्टुकीले विभिन्न कार्यक्रम गर्दै आएको छ। यस सुदुर पश्चिम समाजको स्थापना काल देखि संस्थाको संस्थापक अधक्ष्यको रुपमा रहनु भएका उद्धव राज उप्रेतीले संस्थाको संस्थागत विकासका लागि महत्वपूर्ण भूमिका खेल्नु भएको पाइन्छ।

यसका साथै संस्थाका हरेक गतिबिधिहरुमा मेरुदण्डको रुपमा रहेका समितिका उपाध्यक्ष्य चुडामणि अवस्थी, सचिब मान बहादुर शाह, कोषाध्यक्ष बिपिन पन्त, सह-सचिब गोबिन्द अवस्थी, सदस्यहरु प्रकाश पाण्डे, प्रकाश थापा, रेखा जोशी, त्रिलोक सिंह ऐर, अर्चना शाही, टंक न्यौपाने, निरञ्जन कुस्मी, बिबेक ढकाल, बिशेष सल्लाहकार नारायण भट्ट, रेखा भट्ट, मदन राज भट्ट, खेम सिङ्ग धामीको सक्रिय सहभागिताले समाजको उचाई बढ्दै गैरहेको अनुमान गर्न सकिन्छ।प्रत्येक वर्ष सुदुर पश्चिम समाज केन्टुकीले गौर पर्ब, पिकनिक , देउसीभैलो तथा होलि पर्ब भव्यताका साथ मनाउदै आइरहेको छ। सुदुर पश्चिम समाजले आफ्ना कार्यक्रममा सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई आमन्त्रित गरेर संस्कृतिक आदान प्रदान गर्ने अवसरको पनि सदुपयोग गरिएको पाइन्छ। सुदुर पश्चिम समाजको निमन्त्रणा स्वीकारेर पाल्नु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरु तथा यस होलि कार्यक्रमलाई प्रत्यक्ष् र अप्रत्यक्ष् रुपमा सहयोग गर्नु हुने सम्पूर्ण समाजका सदस्यहरुलाई संस्थाका तर्फ़बाट संस्थाकाअदक्ष्य उद्धव राज उप्रेतीले हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सद्भाव र सहयोगको अपेक्षा गर्नु भएको छ।

प्रतिक्रिया