अमेरिकी लेखक ,आध्यात्मिक नेता तथा डेमोक्र्याटिककी म्यारीयान विलियमसनले आधिकारिक रूपमा २०२४ को राष्ट्रपतिको अभियान सुरु गर्दै राष्ट्रपतिको उम्मेदवारी घोषणा गरेकी छिन् ।
विलियमसनले २०२० मा डेमोक्रेटिक दलमा आफ्नो नामांकन गर्न असफल भएकी थिइन् । उनले आज मार्च ४ शनिबारका दिन आधिकारिक रूपमा उनको २०२४ को लागि राष्ट्रपति पदको लागि अभियान सुरु गरेकी छिन् ।
विलियमसनले वाशिंगटन डीसीको युनियन स्टेशनमा आफ्नो उम्मेदवारी घोषणा गर्दै “हामी सबै यहाँ छौं किनभने हामी यो देशको चिन्ता गर्छौ । ,” उनले भनिन ।
विलियमसन राष्ट्रपति जो बाइडेनका लागि पहिलो प्रमुख डेमोक्र्याटिकको तर्फबाट चुनौती हुन । बाइडेन पुन: चुनाव लड्न चाहन्छन भनि एबिसीसमाचारले लेखेको छ । विलियमसनले मैले यस अघि पनि राष्ट्रपतिको लागि उम्मेदवारी दिएको छु भनि स्मरण गराइन ।
विलियमसन अहिले ७० बर्षकी भएकी छिन । उनका अत्यधिक पुस्तकहरू बिक्छन भने उनि बिश्व प्रख्यात छिन । उनले धेरै स्वास्थ्य-सम्बन्धित संस्थाहरूसँग काम गरेकी छिन । उनले प्रोजेक्ट एन्जेल फूड नामक सँस्था स्थापना गरेकी छिन् जुन एड्स भएका मानिसहरूलाई खाना पुर्याउने गर्दछ ।
विलियमसनले शनिबार “राष्ट्रपति ट्रम्पले पछिल्लो चुनाव जित्न नसकेकोमा म धेरै खुसी छु।” भनिन । विलियमसनले आफ्नो भाषणमा बाइडेनको नाम उच्चारण गरिनन भनि एबिसीले समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया